दैलेखको नौमुलेले राहतका लागि किनेको चामल खाल्डोमा (तस्बिरसहित)

सुर्खेत । कोरोना महामारीमा गरिब विपन्न परिवारलाई राहत दिन खरिद गरेको चामल जनतालाई नदिएरै सडाइएको पाइएको छ ।

दैलेखको नौमुले गाउँपालिकाले कोरोना महामारीबाट प्रभावित परिवारलाई वितरण गर्न भनेर आफैले खरिद गरेको चामल वितरण गर्न नपाउदै गोदाममै सडाइएको छ ।

एक सय ५५ वोरा चामल शनिबार मुचुल्का गरी गाडेपछि यसको खुलासा भएको हो । नौमुले गाउँपालिकाले होटल नमस्तेको पछाडिको हलमा चामल थुपारेर सडाइएको छ ।
पालिकामा २०७६ चैतमा खाद्य डिपो दैलेखबाट झण्डै १ हजार ५६० बोरा चामल खरिद गरिएको थियो । भारतबाट आएकाहरु, गाउँमा खाद्यान्न कम भएका र असिना पीडितलाई वितरण गर्ने भनेर खरिद गरिएको चामल गोदाममै थन्किएको थियो । गाउँपालिकाले आफुसँग भएको चामलबारे समेत अनविज्ञता देखाएको छ ।

 

दैलेखको नौमुलेले राहतका लागि किनेको चामल खाल्डोमा (तस्बिरसहित)

मनकला हत्या प्रकरण : जेठाजु र जेठानी

दैलेखको नौमुलेले राहतका लागि किनेको चामल खाल्डोमा (तस्बिरसहित)

अर्थमन्त्री शर्मा सँग योजना माग र भेटघाटका

Leave a comment

Your email address will not be published. Required fields are marked *