अर्थमन्त्री शर्मा सँग योजना माग र भेटघाटका लागि बाफिकोटका जनप्रतिनिधि काठमाडौंमा

प्रचण्ड खत्री

रुकुमपश्चिम । योजना माग नयाँ मन्त्रि संग भेटघाट गर्न बाफिकोटका जनाप्रतिनिधि काठमाडौं पुगेका छन । बाफिकोट गाउपालिकाको बिकासको निम्ति भनेर उनीहरु काठमाडौं पुगेको बताएको छ ।
प्रतिनिधि सभाका सदस्य जनार्दन शर्मा अर्थमन्त्रि भएपछी भेटघाट गर्न गाउपालिका अध्यक्ष धर्मबहादुर केसीको टोलि काठमाडौं पुगेर भेटघाटमा ब्यस्थ भएको वडा नम्बर ३ का वडा अध्यक्ष चन्द्रबहादुर केसीले बताए ।
सिहंदरबार अधिकार गाउमा पुगियो भनियो तर रुकुम पशिम बाफिकोट गाउपलिका लगायत मुसिकोट नगरपालिका, त्रिबेणी गाउपालिकाका जनप्रतिनिधि स्थानीयबासीहरुले त्यो अनुभूति नपाएको भन्दै बिकाश माग्दै सिहदरबारका बिभिन्न मन्त्रालय पुगेको फोटो सामाजिक संजालमा देख्न सकिन्छ ।
रुकुमका लोकप्रिय नेता जनार्दन शर्मा अर्थमन्त्री भएपछी जिल्लाका धेरै जसो जनाप्रतिनिधि काठमाडौंमै छन । बधाईका साथै बिभिन्न योजनाको माग गर्न उनीहरु काठमाडौं गएका हुन ।
बाफिकोटका जनाप्रतिनिधि काठमाडौंको बसाई सकायर सुर्खेत पुगेका छन । प्रदेशसभाका विभिन्न संसद र मुख्य मन्त्रि संग भेटघाट र योजनाको बिषयमा कुरा सुर्खेत पुगेको वडा नम्बर १ का वडा अध्यक्ष हर्कु मल्लले बताए । सुर्खेतका विभिन्न मन्त्रालयका मन्त्रिहरु संग भेटघाट गर्दै उनीहरु केहि दिनपछि रुकुमपश्चिम फर्कने कार्यक्रम रहेको छ ।
भेटघाट कार्यक्रममा बाफिकोट गाउपालिका अध्यक्ष धर्मबहादुर केसी, उपाध्यक्ष मनकला पुन, नेकपा माओबादी केन्द्रका नेता महेन्द्र केसी, वडा नम्बर १ का वडा अध्यक्ष हर्कु मल्ल, २ का वडा अध्यक्ष धनबहादुर खत्री, ३ का वडा अध्यक्ष चन्द्रबहादुर केसी, ९ वडा अध्यक्ष कविराम खत्रीले भेटघाट गरेका थिए ।






