अमेरिकालाई तालिवानको जवाफ : पूरै अफगानिस्तान दुई साताभित्र कब्जा गर्नसक्छौँ

एजेन्सी । विद्रोही तालिवानले आफूले चाहेको खण्डमा पूरै अफगानिस्तान दुई साताभित्र कब्जा गर्नसक्ने दाबी गरेको छ।

रूस पुगेको तालिवानको प्रतिनिधिमण्डलका प्रमुख शहाबुद्दीन दिलावरले अमेरिकी राष्ट्रपति जो बाइडेनप्रति लक्षित गर्दै यस्तो दाबी गरेका हुन्।

अमेरिकी राष्ट्रपति बाइडेनले त्यहाँका तीन लाख मजबूत सैनिकले अफगानिस्तानको सुरक्षा गर्नेमा आफू विश्वस्त रहेको बताएका थिए।

अमेरिकाले सन् २००१ देखि अफगानिस्तानमा अलकायदा र तालिवानविरुद्ध युद्ध छेडेको थियो। तालिवान वार्तामा आएपछि अमेरिकाले अफगानिस्तानबाट सैनिक फिर्ता गरिरहेको छ।

बाइडेनले गत शुक्रबार अफगान तालिवानसँग ७५ हजार हाराहारीमा लडाकु भएको र सो शक्तिलाई तीन लाख अफगान सेनाले पराजित गर्नसक्ने दाबी गरेका थिए।

अमेरिकालाई तालिवानको जवाफ : पूरै अफगानिस्तान दुई साताभित्र कब्जा गर्नसक्छौँ

राष्ट्रपतिको हत्यापछि हैटीमा विदेशी सैनिक सहयोग माग

अमेरिकालाई तालिवानको जवाफ : पूरै अफगानिस्तान दुई साताभित्र कब्जा गर्नसक्छौँ

शक्ति बाँडफाँटमा अलमल, दुवै पद छाड्ने मनस्थितिमा

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!