प्राइमको डेढ अरब कारोबार, ९२ लाख नाफा

सुर्खेत, २६ पौष ।
प्राइम बहुउद्देश्यीय सहकारी संस्था लि. वीरेन्द्रनगर सुर्खेतको २० औँ बार्षिक साधारण सभा शनिबार वीरेन्द्रनगर सुर्खेत मा सम्पन्न भएको छ । भूमी व्यवस्था तथा सहकारी रजिष्ट्रार कार्यालय सुर्खेतका अधिकृत खेमराज आचार्यको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष भुषण कुमार मानन्धरको सभापतित्वमा सम्पन्न भएको छ ।

उक्त सभालाई राष्ट्रिय सहकारी बैक लिमिटेड सूर्खेतका शाखा प्रमुख हिरा सूनार, पाईनियर वहूउ२ेश्यीय स.सं.लि.का अध्यक्ष भीम बहादुर भण्डारी, राष्ट्रसेवक वहूउद्देश्यीय स.सं.लि. का अध्यक्ष टंक प्रसाद लामिछाने तथा जिल्ला बहूउद्देश्यीय संघ लि. सूर्खेतका संचालक सदस्य गोपाल प्रसाद पाण्डेले संस्थाको सफलताको शूभकामना दिनूभएको थियो ।

संस्थाको आ.व २०७६/०७७ को कुल कारोवार १,४२,८९,९७,९७० रहेको र आ.व ०७६/०७७ को कुल नाफा ९२,९७,९६५ रहेको संस्थाका कोषाध्यक्ष पूर्ण बहादुर वि.सी.ले प्रतिबेदन मार्फत जानकारी गराउनु भएको थियो । साथै संस्थाले आ.व २०७६/०७७ को उत्कृष्ट बचतकर्ताको रुपमा केन्द्रिय कार्यालका शेयर सदस्य दिलिप कुमार थापा, सेवा केन्द्र जहरेका शेयर सदस्य धर्म कुमारी शर्मालाई सम्मानित गरेको छ । त्यसैगरी उत्कुष्ट कर्जातर्फ केन्द्रिय कार्यालयका शेयर सदस्य श्री अन्जनी थापा, सेवा केन्द्रको तर्फबाट शेयर सदस्य श्री अशोक सुनारलाई सम्मानित गरेको थियो ।

प्राइमको डेढ अरब कारोबार, ९२ लाख नाफा

प्रधानमन्त्रीको कदम संघीयता समाप्त पार्ने खेल :

Leave a comment

Your email address will not be published. Required fields are marked *