२५ हजार भेडा बाख्रालाई निशुल्क उपचार

दुर्गा विसी ।

सल्यान, २५ पुस ।

सल्यानको बनगाड कुपिण्डे नगरपालिकाले २५ हजार बढी भेडाबाख्रालाई पिपिआर खोप लगाउने कार्य शनिवारबाट सुरु गरिएको छ । नगरका १२ वटै वडाका किसानले पालेका पशु चौपायालाई टोलमै पुगेर निशुल्क उपचार गर्न लागिएको पशु शाखा प्रमुख विरमान वुढाले जानकारी दिए ।

पहिलो चरणमा वडा १२, ११, १०, ९ र ८ मा रहेको र अन्य वडाहरुमा यो कार्यक्रम सञ्चालन गरिने जनाएको छ । नगरले भेडाबाख्रामा लाग्ने महामारी पिपिआर रोग प्रतीरोधात्मक क्षेमता सम्बन्धी खोप सञ्चालन प्रत्येक वर्ष गर्दै आइरहेको छ । शनिवार वनगाड कुपिण्डे नगरपालिका वडा नं. १२ को माझखर्क, भदाले र दुरूमखोलाका ३ स्थानमा भ्यासन्टर परिचालन गरी वडा अध्यक्ष गोविन्द डाँगीबाट उद्घाटन गरिएको छ ।
सबै किसानलाई यो सुविधा लिन वडा अध्यक्ष डाँगीले आग्रह गरेका छन् ।

यस्तै आइतवार वडा नं. १० को थापाचौर र माझकाडाँमा बिहान ७ बजे देखि खोप कार्यक्रम सञ्चालन हुने जनाएको छ । सधैं सुगमबाट सेवा दिने विधिको अन्त्य स्वरुप यसपटक भने विकट वस्ती दुरुमखोलाबाट भेडाबाख्राको लागि उपचार र खोप सञ्चालन गरिएको छ । यसपटक २५ हजार बढी भेडा बाख्रालाई निशुल्क उपचार गरिने भएको छ । भेडाबाख्रा लगायत अन्य घरपालुवा पशुचौपायाहरुको समेत उपचार गरिने जनाएको छ ।

२५ हजार भेडा बाख्रालाई निशुल्क उपचार

YUGAAWHAN NATIONAL DAILY (2077-09-25)

२५ हजार भेडा बाख्रालाई निशुल्क उपचार

उद्यम बिकास सहजकर्तालाई सम्मान

Leave a comment

Your email address will not be published. Required fields are marked *