अमेरिकी र रुसी राष्ट्रपतिबीच भिडियोमार्फत् वार्ता युक्रेनमा रुसले आक्रमण

एजेन्सी : अमेरिकी राष्ट्रपति जो बाइडेन र उहाँका रुसी समकक्षी भ्लादिमिर पुटिनबीच भिडियोमार्फत् वार्ता भएको छ ।

सो वार्ताका क्रममा उनीहरुबीच दुई देशबीचको सम्बन्धका विविध आयामहरुका बारेमा कुराकानी भएको बताइएको छ ।उहाँहरुका बीचमा मंगलबार भिडियो वार्ता भएको विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

प्राप्त समाचारअनुसार उनीहरुबीच दुई देशका आपसी सम्बन्धका साथै युक्रेन र अरु विविध क्षेत्रीय समस्याका बारेमा पनि कुराकानी भएको बताइएको छ ।

सो वार्ताका क्रममा अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेनमा रुसी संलग्नताका विषयमा कुराकानी भएको र यस विषयमा अमेरिकाको चासो रहेको बताए ।

भिडिओ वार्ताका क्रममा अमेरिकी राष्ट्रपति जो बाइडनले रुसी सैन्य उपस्थिति बढाइएको विषयबारे चिन्ता व्यक्त गरेको एक समाचारमा जनाइएको छ ।

उता रुसले पछिल्लो समय युक्रेनसँगको सीमानजिकमा सैन्य उपस्थिति बढाएको छ । यस विषयमा अमेरिकाले चासो राख्दै आएको छ । यस छलफलका क्रममा भने रुसी राष्ट्रपति पुटिनले भने युक्रेनलाई आक्रमण नगर्ने जानकारी दिए ।

सो वार्ताका क्रममा अमेरिकी राष्ट्रपति बाइडेनले अमेरिका युक्रेनको अखण्डता र उसको स्वतन्ताप्रति प्रतिबद्ध रहेको बताए ।

त्यसैगरी सो वार्ताका क्रममा इरानको पारमाणविक सम्झौताका विषयमा पनि कुराकानी भएको पनि सो समाचारमा जनाइएको छ ।

अमेरिकी र रुसी राष्ट्रपतिबीच भिडियोमार्फत् वार्ता युक्रेनमा रुसले आक्रमण

विद्यार्थीलाई पोशाक र छात्रवृत्ति वितरण

Leave a comment

Your email address will not be published. Required fields are marked *