विद्यार्थीलाई पोशाक र छात्रवृत्ति वितरण


सुर्खेत : वीरेन्द्रनगर ३ मा रहेको जगनाथदेवी प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई पोषाक र छात्रबृत्ति वितरण गरिएको छ । वीरेन्द्रनगर–३ का वडाध्यक्ष भूपेन्द्र खत्रीले स्थापना गरेको अक्षकोषबाट दुई दर्जनभन्दा बढी र स्व. लक्ष्मी कार्कीको सम्झनामा स्थापना गरिएको अक्षकोषबाट पाँच जना जना विद्यार्थीलाई छात्रवृत्ति विरतरण गरिएको हो ।
पारिश्रमिकबाट प्राप्त रकमबाट वडाध्यक्ष खत्रीले विद्यालयमा तीन लाखको छात्रवृत्ति अक्षकोष रस्व. लक्ष्मी कार्कीको सम्झनामा उनका छोरा महेश कार्कीले पचास हजारको अक्षकोष स्थापना गरेका छन् । सोही अक्षकोषबाट बार्षिक रुपमा प्राप्त ब्याजबाट विद्यार्थीलाई छात्रवृत्ति र पोशाक वितरण गरिएको हो ।
विद्यालयले मंगलबार अभिभावक भेला तथा अक्षकोष छात्रवृत्ति वितरण कार्यक्रम गरेर छात्रवृत्ति तथा पोषाक वितरण गरेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र सिंहको सभापतित्वमा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि, अभिभावक र अक्षकोषदाताहरुको सहभागी थिए ।






