स्थानीय तहका १६१३ कर्मचारीको सरुवा

काठमाडौं : ​संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लोकसेवा आयोगबाट विभिन्न स्थानीय तहमा सिफारिस भई कार्यरत एक हजार ६ सय १३ कर्मचारीको सरुवा गरेको छ।

मन्त्रालयको सोमबारको निर्णय अनुसार मंगलबार ति कर्मचारीहरूको अन्तर स्थानीय तहमा सरुवाको सूची सार्वजनिक गरिएको हो। मन्त्रालयका अनुसार अन्तर स्थानीय तहमा कामकाजका लागि खटाउन निवेदन पेस गर्ने ५७ जना कर्मचारीको भने निवेदन रद्द गरिएको छ।

मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गरी लामो समयदेखि अन्तर स्थानीय तह कामकाजमा खटाइदिन अनुरोध गर्दै कर्मचारीले दिएका निवेदनका आधारमा सरुवा गर्न लागिएको जानकारी दिएको थियो।

मन्त्रालयका अनुसार लोकसेवा आयोगबाट सिफारिसमा ‘स्थानीय तहमा नियुक्त भएका कर्मचारीहरुको व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७’ अनुसार ती कर्मचारीको सरुवा हुन गरिएको हो।

मन्त्रिपरिषदद्वारा स्वीकृत मापदण्ड अनुसार अन्तरस्थानीय तह कामकाजमा खटाउन दुवैतर्फका स्थानीय तहका प्रमुख र प्रशासकीय अधिकृतको हस्ताक्षर भएको दोहोरो सहमति पेस गर्नुपर्ने व्यवस्था छ।

स्थानीय तहका १६१३ कर्मचारीको सरुवा

टर्कीमा कोरोनाको सङ्क्रमण बढ्दै, एकै दिनमा २०

स्थानीय तहका १६१३ कर्मचारीको सरुवा

मोटरसाइकल चोर्ने सात जना काठमाण्डौबाट पक्राउ

Leave a comment

Your email address will not be published. Required fields are marked *