मोटरसाइकल चोर्ने सात जना काठमाण्डौबाट पक्राउ

काठमाण्डौ : मोटरसाइकल चोरीमा संलग्न सात जना काठमाण्डौबाट पक्राउ परेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज मङ्गलवार रामशाहपथमा रहेको आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरी मोटरसाइकल चोरी कार्यमा संलग्न सात जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो । हिजो सोमवार राति काठमाण्डौको बबरमहलबाट उनीहरूलाई पक्राउ गरी थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसरमा बुझाउन लागिएको महाशाखाका प्रवक्ता एवम् प्रहरी उपरीक्षक सञ्जीव शर्मा दासले महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘बेलुका बबरमहलबाट चोरेका मोटरसाइकलसहित उनीहरूलाई पक्राउ गर्न सफल भयौँ । पक्राउ पर्ने सात जना काठमाण्डौको ठूलै समूह हो । उनीहरूलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसरमा बुझाउने काम हुनेछ ।’

महाशाखाले गएको असार महिनायता चोरी भएका एक सय ८४ वटा मोटरसाइकल खोजी गरी सम्बन्धित धनीलाई बुझाएको पनि जानकारी गराएको छ ।

मोटरसाइकल चोर्ने सात जना काठमाण्डौबाट पक्राउ

स्थानीय तहका १६१३ कर्मचारीको सरुवा

मोटरसाइकल चोर्ने सात जना काठमाण्डौबाट पक्राउ

सदस्य–सचिवलाई खेलाडी संघको ध्यानाकर्षण

Leave a comment

Your email address will not be published. Required fields are marked *