सदस्य–सचिवलाई खेलाडी संघको ध्यानाकर्षण

काठमाडौं :  राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले राष्ट्रिय खेलकुद परिषद्का नवनियुक्त सदस्य–सचिव टंकलाल घिसिङलाई ध्यानाकर्षण र सुझाब पत्र बुझाएको छ । संघले मंगलबार त्रिपुरेश्वरस्थित संघकै कार्यालयमा सदस्य–सचिव घिसिङलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

अध्यक्ष दीपक श्रेष्ठको नेतृत्वमा संघले सदस्य–सचिव घिसिङलाई ६ बुदे ध्यानाकर्षण र सुझाब पत्र बुझाएको हो । खेलाडी संघले बुझाएको ध्यानाकर्षण तथा सुझाब पत्र बुझ्दै सदस्य–सचिव घिसिङले आफ्नो कार्ययोजनामा खेलाडीले बुझाएको बुदाहरु रहेको बताए ।

संघका अध्यक्ष श्रेष्ठले सदस्य(सचिव नियुक्तिपछि घिसिङले गरेका राष्ट्रिय टिमको तयारी र खेलाडीको वीमाबारेको निर्णयको स्वागत गर्दै खेलाडीको हकहितमा काम गर्न शुभकामना व्यक्त गरे ।

सदस्य–सचिवलाई खेलाडी संघको ध्यानाकर्षण

मोटरसाइकल चोर्ने सात जना काठमाण्डौबाट पक्राउ

सदस्य–सचिवलाई खेलाडी संघको ध्यानाकर्षण

रुपन्देहीमा ‘ओमिक्रोन’ भित्रिन नदिन उच्च सर्तकता

Leave a comment

Your email address will not be published. Required fields are marked *