भारतमा कोभिड(१९ बाट मृत्यु हुनेको संख्या दैनिक बढ्दै

भारतमा गत एक दिनमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्यामा तीव्र वृद्धि भएको छ। हिजो एकै दिनमा थप दुई हजार ७९६ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले आइतबार जारी गरेको आधिकारिक तथ्यांकले देखाएको छ।

गत केही दिनयता मृत्यु हुनेको सङ्ख्या ४०० को हाराहारीमा रहेको थियो। शनिबार एकैदिनमा दुई हजार ७९६ जनाको मृत्यु भएको यो संख्या बिहारमा कोरोना सङ्क्रमणबाट मृत्यु भएका व्यक्तिको पुरानो संख्यालाई पनि मिलाइएको जनाइएको छ।

यद्यपि हिजो एकै दिनमा केरलामा कोरोना सङ्क्रमणको कारण २६३ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ। आइतबार बिहानसम्म मुलुकमा कोरोनाबाट मृत्यु हुने व्यक्तिको कुल सङ्ख्या ४ लाख ७३ हजार ३२६ पुगेको छ।

देशमा अहिले पनि ९९ हजार १५५ सक्रिय कोभिड–१९ सङ्क्रमित रहेका छन्। यो संख्या कुल सङ्क्रमतिको एक प्रतिशतभन्दा कम भएको समाचारमा जनाइएको छ। सक्रिय सङ्क्रमितको यो संख्या ०।२९ प्रतिशत रहेको जनाइएको छ।

गएको एक दिनमा ६ हजार ९१८ जना कोरोना मुक्त भएका छन्। हालसम्म ३ करोड ४० लाख ६० हजार ७७४ जना कोरोना निको भएका छन्। कोरोना मुक्ती यो दर ९८।३५ रहेको समाचारमा जनाइएको छ। यसैबीच, पछिल्लो २४ घण्टामा देशभर ८ हजार ८९५ नयाँ सङ्क्रमित थपिएसँगै आइतबार देशमा कोभिड–१९ सङ्क्रमितको संख्या ३ करोड ४६ लाख ३३ हजार २५५ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकले देखाएको छ।

भारतमा शनिबार एकै दिनमा १२ लाख २६ हजार ६४ जनाको कोरोना परीक्षण गरिएको थियो। यसैसँगै कोरोना सुरु भएदेखि हालसम्म ६४ करोड ७२ लाख ५२ हजार ८५० जना कोरोना परीक्षण गरिएको जनाइएको छ। भारतमा गत जनवरी १६ बाट कोरोनाविरुद्ध खोप अभियान सुरु भएको थियो। सो समयदेखि हालसम्म एक अर्ब ३८ करोड ९५ लाख ३८ हजार ३० डोज खोप लगाइएको छ।

भारतमा कोभिड(१९ बाट मृत्यु हुनेको संख्या दैनिक बढ्दै

पातीहाल्न मेलामा सिम्ताली लोकसाहित्य झल्कन्छ ।

भारतमा कोभिड(१९ बाट मृत्यु हुनेको संख्या दैनिक बढ्दै

जुरेलीद्वारा अमेरिकी रेस्लर पराजित

Leave a comment

Your email address will not be published. Required fields are marked *