कोरोनाले मृत्यु हुनेको संख्या १० हजार नजिक, आज थपिए ३९ सयबढी संक्रमित

काठमाडौं : नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार नजिक पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ३७ जनाको मृत्यु भएसँगै मृतकको संख्या ९ हजार ९ सय ९४ पुगेको छ।

पछिल्लो केही समययता संक्रमित र मृतकको संख्या बढ्दै गएको छ। बुधबार कोरोना संक्रमणबाट ३५ जनाको मृत्यु भएको थियो।

मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार बिहीबार थप १८ हजार चार सय ८ जनामा कोरोना परीक्षण गर्दा तीन हजार ९ सय ३८ जनामा संक्रमण पुष्टि भएको छ।

यो अवधिमा दुई हजार १२ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।

काठमाडौंमा ७ सय ६६,भक्तपुरमा एक सय ४६ र ललितपुरमा एक सय ६३ गरी उपत्यकाभित्र कुल एक हजार ७५ जनामा संक्रमण पुष्टि भएको छ।

कोरोनाले मृत्यु हुनेको संख्या १० हजार नजिक, आज थपिए ३९ सयबढी संक्रमित

हनी सिंहकी पत्नीको आरोप : कयौँ युवतीसँग

कोरोनाले मृत्यु हुनेको संख्या १० हजार नजिक, आज थपिए ३९ सयबढी संक्रमित

YUGAAWHAN NATIONAL DAILY (2078-04-22)

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!