पत्रकारको सीप परीक्षणका लागि प्रशिक्षण प्रतिष्ठान गठन हुने

काठमाडाैं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले पत्रकारहरुको सीप परीक्षण गर्न भन्दै आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठन गर्ने भएको छ।

सञ्चारमन्त्री पार्वत गुरुङले शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा यसबारे बताएका हुन्। यसको निम्ति आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठन आदेश २०७८ स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाइएको पनि उनले बताए।

‘पत्रकारहरुको दक्षता, व्यक्तित्व र क्षमता अभिवृद्धि र पत्रकारहरुको सीप परीक्षणका लागि आगामी वर्षभित्र आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गरिनेछ। ‘कुनै पनि सेवा क्षेत्रमा प्रवेश गर्न आधारभूत दक्षता, परीक्षण र उत्तीर्ण जरुरी भएजस्तै पत्रकारिता क्षेत्रमा प्रवेश गर्न पनि सरकारी मान्यताको प्रशिक्षण केन्द्र स्थापना आम सञ्चार प्रशिक्षण प्रतिष्ठान विकास समिति गठन आदेश २०७८ लाई अर्थ मन्त्रालयमा पठाइसकिएको छ,’ उनले भने।

यस क्षेत्रको विज्ञहरुको राय, सल्लाहबमोजिम आमसञ्चार प्रशिक्षण प्रतिष्ठान केन्द्रको मर्यादित निकाय बनाउन पहलकदमी भएको पनि उनले बताए। मन्त्री गुरुङले यसका निम्ति सञ्चार मन्त्रालयका सचिवको संयोजकत्वमा कार्यदल बनाएर काम समेत बढाइसकिएको जानकारी दिए।

पत्रकारको सीप परीक्षणका लागि प्रशिक्षण प्रतिष्ठान गठन हुने

फिल्म क्षेत्रमा प्रवेश गर्दा यौन उत्पीडन भोगेकी

पत्रकारको सीप परीक्षणका लागि प्रशिक्षण प्रतिष्ठान गठन हुने

लाइन विस्तार गर्दा आयोजना क्षेत्रका १३ हजार

Leave a comment

Your email address will not be published. Required fields are marked *