नारायण गोपाल साँझ गर्दै बागिना


सुर्खेत : बागिना समूहले सुर्खेत ‘स्वर सम्राट नारायण गोपाल साँझ’ गर्ने भएको छ । आउँदो आइतबार साँझ गर्न लागिएको बागिना समूहका सचिव भानुभक्त अधिकारीले जानकारी दिए ।
बिहीबार पत्रकार सम्मेलन गर्दै बागिनाले आउँदो आइतबार साँझ पाँच बजेदेखि स्मृति साँझ गर्न लागेको जनाएको छ । भ्याली मेडिरियन स्कूलले प्रयोजनामा नारायण गोपाल साँझका आयोजना गरिएको ‘स्वर सम्राट नारायण गोपाल साँझ कार्यक्रमका संयोजक प्रेमप्रकाश खड्काले बताए । कार्यक्रममा बागिनाबाट सांगित क्षेत्र सुरु गरेका कलाकारहरु राता तोपानी, कवि गिरी, शिव संगित लगायतले संगितिक प्रस्तुति गर्ने खड्काले बताए ।
भ्याली मेडिरियन स्कूललेका सीयो सुवास थापाले विद्यार्थीहरुलाई सांगितिक क्षेत्रमा लाग्ने प्रेरणा मिल्ने उद्देश्यले कार्यक्रम प्रायोजना गरिएको बताए । बागिनाले हरेक मंसिर १९ गते नारायण गोपालका सम्झनामा ‘स्वर सम्राट नारायण गोपाल साँझ’ कार्यक्रम गर्दै आएको छ । पछिल्लो दुई बर्ष भने कोरोना महामारीका कारण स्मृति साँझ हुन सकेको थिएन ।






