कोरोनाका कारण फिल्म निर्देशक विशारद बस्नेतको निधन
काठमाडौं । फिल्म निर्देशक विशारद बस्नेतको निधन भएको छ । कोरोनाको कारण उनको शुक्रबार निधन भएको हो ।
काठमाडौको मेडिसिटी अस्पतालमा कोरोनाको उपचारको क्रममा बस्नेतको निधन भएको निर्देशक सुब्रत आचार्यले बताए ।
कलाकार समेत रहेका निर्देशक बस्नेतले ‘मिस्टर भर्जिन’ र ‘न यता न उता’ नामक दुई फिल्मको निर्देशन समेत गरेका छन् ।
लामो समय मुम्बई बसेर संघर्ष गरेका बस्नेतले सुब्रत आचार्यको निर्देशन रहेको फिल्म ‘सुश्री सम्पती’ समेत अभिनय गरेका थिए ।
बस्नेतले कोरोनाको कारण केही अगाडि पिता समेत गुमाएका थिए । निर्देशक बस्नेतको आजै पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको छ ।
उनको निधन प्रति बिभिन्न फिल्मकर्मीले सामाजिक संजाल मार्फत श्रद्धाञ्जली ब्यक्त गरिरहेका छन् ।





