दुई खेलाडीमा कोरोना देखिएपछि कोलकाता र बैंगलोरबीचको खेल स्थगित

एजेन्सी । खेलाडीमा कोरोना संक्रमण देखिएपछि इन्डियन प्रिमियर लिग (आइपीएल) टि–ट्वेन्टी क्रिकेट अन्तर्गत आज हुने तय भएको खेल रद्ध गरिएको छ।

लिगमा आज कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच खेल हुने तय थियो। भारतीय सञ्चारमाध्यमका अनुसार कोलकाता नाइट राइडर्सका दुईजना खेलाडीलाई संक्रमण पुष्टि भएको पाइएपछि आजको खेल रोक्ने निर्णय गरिएको हो।

१४ औँ संस्करणको आइपीएल क्रिकेटमा आज ३० औँ म्याच अन्तर्गत यी दुई टोलीबीचको खेल राती पौने ८ बजे हुने तय भएको थियो । २९ खेल सकिँदा दिल्ली क्यापिटल्स ८ खेलबाट १२ अंकका साथ शीर्ष स्थानमा छ।

यसैगरी ७ खेलबाट १० अंक जोडेको चेन्नई दोस्रो स्थानमा रहँदा बैंग्लोर समान खेलबाट समान अंकका साथ तेस्रो स्थानमा छ । यस्तै मुम्बई इन्डियन्स, राजस्थान रोयल्स, पन्जाब किंग्स र कोलकाता नाइटराइडर्स लगातार चौथो, पाँचौ, छैटौँ र सातौँ स्थानमा छ । ७ खेलमा १ खेलमात्र जितेको सनराइजर्स हैदरावाद २ अंकका साथ तालिकाको पुच्छारमा छ ।

दुई खेलाडीमा कोरोना देखिएपछि कोलकाता र बैंगलोरबीचको खेल स्थगित

धमाधम संक्रमित हुन थाले नेताहरू- कोही आईसीयूमा,

दुई खेलाडीमा कोरोना देखिएपछि कोलकाता र बैंगलोरबीचको खेल स्थगित

अप्रिलमा २२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

Leave a comment

Your email address will not be published. Required fields are marked *