युनाइटेडका समर्थले मैदान छिरेर नाराबाजी गरेपछि लिभरपुलसँगको खेल स्थगित

एजेन्सी । प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड र लिभरपुलबीचको खेल स्थगित भएको छ।

म्यानचेष्टर युनाइटेडका समर्थकहरुले लिभरपुलविरुद्ध खेल सुरु हुनु अगावै मैदानभित्र पसेर आफ्नो क्लबका मालिक ग्लेजर परिवारविरुद्ध नाराबाजी गरेका थिए।

ओल्ड ट्राफोड मैदानमा युनाइटेडका करिब २ सय जति समर्थकहरु मैदानमा आएर विरोध गर्न थालेपछि खेल समयका लागि धकेलिएको थियो।​ खेलाडीहरुको लाइनअप बुझाइएको तर खेलाडीहरु मैदानमा उत्रिनसकेकोले केहीबेर पछि खेल हुने भनिएको थियो।

समर्थकहरुले खेलाडी बसेको होटल अगाडी पनि प्रदर्शन गर्न थालेपछि खेल स्थगित भएको हो। युनाइटेडका समर्थकहरुले आफ्नो क्लबले सुपरलिगमा सहभागिता जनाएर धन मात्र आर्जन गर्न लागेको भन्दै मालिकविरुद्ध प्रदर्शन गरेका हुन्।

युनाइटेडका समर्थले मैदान छिरेर नाराबाजी गरेपछि लिभरपुलसँगको खेल स्थगित

११ वर्षपछि इन्टर मिलानले जित्यो ‘सिरी ए’

Leave a comment

Your email address will not be published. Required fields are marked *