मोतीबहादुरको हत्या भएको आठ महिनापछि तीन पक्राउ

गुल्मी : इश्मा गाउँपालिका–१ का मोतीबहादुर कुँवरको हत्या गरेको आरोपमा पक्राउ परेका तीन जनालाई प्रहरीले सार्वजनिक गरेको छ।

इश्मा–१ छिनुवामा न्यु भुमरी होटलका सञ्चालक २३ वर्षीय कुँवरको गत भदौ २१ गते राति हत्या गरेको आरोपमा सोही ठाउँका १८ वर्षीय रमेश कुमाल, गोले भन्ने सन्तोष कुमाल र २० वर्षीय सुशील कुमाललाई प्रहरीले सार्वजनिक गरेको हो।

तिजको समयमा केटी जिस्काएको विषयमा भएको विवाद कुटपिट हुँदा कुँवरको हत्या भएको पक्राउ परेकाहरुले वयानका क्रममा बताएको जिल्ला प्रहरी कार्यालय गल्ुमीका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले बताए।

उक्त घटनाको मुख्य व्यक्ति रमेश कुमाल रहेको र अन्य दुईजना सहयोगी भएको अनुसन्धानमा खुलेको पाण्डेको भनाइ छ। उनीहरुलाई जिल्ला अदालत गुल्मीबाट म्याद थप गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीेले जनाएको छ।

मोतीबहादुरको हत्या भएको आठ महिनापछि तीन पक्राउ

प्रेस जगतले स्वतन्त्र ढंगले काम गर्न पाउनुपर्नेमा

मोतीबहादुरको हत्या भएको आठ महिनापछि तीन पक्राउ

ला लिगा : बार्सिलोनाले भ्यालेन्सियालाई हरायो, मेसीले

Leave a comment

Your email address will not be published. Required fields are marked *