नाइजेरियामा भवन भत्किँदा ४ जनाको मृत्यु

काठमाडौं : नाइजेरियाको लागोस सहरमा निर्माणाधीन २२ तले अग्लो भत्किँदा कम्तिमा चार जनाको मृत्यु भएको छ भने अन्य कयौं बेपत्ता छन्।

भवन भत्किएपछि उद्धारकर्ताहरूले रातभरि बाँचेकाहरूको खोजी गरिरहेका छन्। हालसम्म चार जना जीवितै भेटिएका छन्।

भवन के कारणले भत्कियो र कति मानिस भग्नावशेष मुनि फसेका छन् भन्ने स्पष्ट हुन सकेको छैन।

अपमार्केट जिल्लास्थित सो भवन स्थानीय समय अनुसार राति करिब पौने तीन बजे खसेको हो।

नाइजेरियामा भवन भत्किँदा ४ जनाको मृत्यु

आज पनि प्रधानन्यायाधीशले मुद्दा नहर्ने

नाइजेरियामा भवन भत्किँदा ४ जनाको मृत्यु

तिहारमा घर जाने यात्रुहरूलाई कोरोनाविरुद्धको खोप निःशुल्क

Leave a comment

Your email address will not be published. Required fields are marked *