शिव परियारको पहिलो गीत जति बिर्स्योको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं : चर्चित आधुनिक गायक शिव परियारको पहिलो गीत ‘जति बिर्स्यो तिम्रो याद’ बोलको गीतमा म्युजिक भिडियो बनेको छ। सुरेश वाग्लेको शब्द तथा शिवकै संगीत रहेको गीतको भिडियो युट्युबमार्फत सार्वजनिक गरिएको हो।

निकेश खड्काले निर्देशनमा बनेको भिडियोमा पल शाह, आकाश श्रेष्ठ, प्रमिला कार्की, सरोज खनाल लगायतका कलाकारको अभिनय रहेको छ।

भिडियोमा पल र प्रमिला प्रेमी प्रेमिकाको भूमिकामा देखिएका छन्। छुटेकी प्रेमिकालाई बिर्सने प्रयासमा रहेको प्रेमीको दृष्टिविन्दुबाट गीत लेखिएको छ। गीतले वियोगको कथा भने पनि यसको भिडियोलाई भने सुखद अन्त्य दिइएको छ।

दुई दशकभन्दा लामो समयदेखि संगीत क्षेत्रमा सक्रिय शिवका ‘पिलायो साथीले’, ‘क्या दामी भो’, ‘फेवातालमा साइँली’, ‘संगी’, ‘आँशुको अर्थ’ लगायतका दर्जनौँ गीत चर्चित छन्।

शिव परियारको पहिलो गीत जति बिर्स्योको म्युजिक भिडियो सार्वजनिक

YUGAAWHAN NATIONAL DAILY (2078-6-13)

शिव परियारको पहिलो गीत जति बिर्स्योको म्युजिक भिडियो सार्वजनिक

के बिहे गर्नैपर्छ?

Leave a comment

Your email address will not be published. Required fields are marked *