अलबिदा प्रिय उज्ज्वल

सन्तोष खड्का

 

हामीबीच दर्शन र राजनीतिक आस्था फरक थिए होला

तिमीले बुझेको देश र मैले भोगेको भूगोल फरक थिए होला

तर थिएन भिन्नता हामी दुईको गन्तव्यमा अनि अठोटमा

किनकि हामी दुवै देशले मुहार फेर्नेमा ढुक्क थियौँ र छौँ।

तर जिन्दगी कहाँ हामीले सोचेजस्तो छ र,

अनि सबै सपना हाम्रै जीवनकालमा कहाँ पूरा हुन्छन् र ?

हो आज यस्तै भयो, तिमीमार्फत आफैँलाई गुमाए अनि

तिम्रा सपनालाई नासोमा लिँदै विवश छु तिमीलाई बिदाई गर्न ।

प्रिय उज्ज्वल थाहा, तिमी सदैव बाँचिरहनेछौ किनकि

नासोमा सपना सुम्पिँदै अनन्त यात्रामा तिमी निस्कँदै गर्दा

तिम्रा सपना र सङ्कल्पहरू हाम्रा हुँदै अजम्बरी भएका छन्

अनि लाखौँ करोडौँ ऊर्जाशील उज्ज्वलहरू जन्मिएका छन् ।

मलाई थाहा छ तिमी सबैका आँखाका नानी थियौ अनि

बालक, युवा, प्रौढ र वृद्ध एवं सम्पूर्ण नेपालीका ढुकढुकी पनि

किनकि तिमीले यस्तो सपना देखायौ जुन सबैले देख्न चाहन्थे

अनि त्यही सपनाको पूर्वाधारमा समृद्ध नेपाल सम्भव थियो ।

सोच्नु ठूलो कुरा थिएन गर्नु महत्त्वपूर्ण थियो, जुन तिमीले ग¥यौ,

गर्न सिकायौ, अनि गर्नका निम्ति सबका उत्प्रेरक पनि भयौँ

तर पनि यो मन अझै मान्दैन तिमी छैनौँ भन्दा,

किनकि हामी चाहन्थ्यौँ तिम्रै पालामा देश समृद्ध भएको हेर्न ।

विडम्बना भनौ या हामी नेपालीको खोटो भाग्य

जहाँ तिमीलाई अलबिदा अनि भष्टलाई देश सुम्पनुको विकल्प छैन

तर पनि प्रिय उज्ज्वल अब तिमीले कति पिर नगरे यो देशको

किनकि अब तिम्रो सोचका लाखौँ उज्ज्वलहरू बिउँझिएका छन् ।

भारी मन गर्दै, तिम्रा अपूरा सपनाहरू साकार पार्ने अठोटले

मैले भन्नै पर्ने भो तिमीलाई अलबिदा उज्ज्वल

अब देश जाग्नेछ, म होइन हामी जाग्नेछौँ, हाम्रो कति पिर नगरे

अन्नत यात्राका लागि अलबिदा प्रिय उज्ज्वल ।

दक्षिण कोरिया

अलबिदा प्रिय उज्ज्वल

१० जना सुरक्षा गार्ड छन भन्दैँ अधिकृत

Leave a comment

Your email address will not be published. Required fields are marked *