महन्थ–उपेन्द्रलाई आयोगले भन्यो : तपाईंहरूले काटेको पत्रको प्रक्रिया पुगेन

काठमाडौं  । जनता समाजवादी पार्टी जसपाको एक पक्षले अर्को पक्षलाई कारबाही गरेको भन्दै निर्वाचन आयोगलाई काटेको पत्रको प्रक्रिया नपुगेकाले प्रमाणसहितको पत्र पठाउन भनेको छ।

अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादव र अर्का अध्यक्ष उपेन्द्र यादवले ठाकुरसहित ४ नेतालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको भन्दै पत्र पठाएपछि आयोगले प्रक्रिया नपुगेको बताएको हो ।

अध्यक्ष ठाकुरसँग आयोगले केन्द्रीय कार्यकारिणी समितीको निर्णयको प्रतिलिपि प्रस्तुत गर्न माग गर्दै पत्र पठाएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

निर्वाचन आयोगको किताबबाट हटाउने पत्र पठाएपछि केन्द्रीय कमिटी बैठकको निर्णयको हस्ताक्षरसहित माग गरेको उनले बताए। अध्यक्ष यादवलाई पनि राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को अनुसूचीअनुसार निवेदन दिनको लागि पत्र पठाएको उनले बताए।

जसपाको एक पक्षले अर्को पक्षलाई कारवाही गर्न थालेपछि अनौपचारिक रुपमा विभाजन भइसकेको छ। तर, कानुनी रुपमा औपचारिकता भने पाएको छैन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेदेखि नै जसपामा ध्रुवीकरण सुरु भएको थियो। ओली नेतृत्वको सरकार बहिर्गमनको प्रयासरत अध्यक्ष यादव कुनै पनि हालतमा सरकारमा जान नहुने पक्षमा छन् ।

प्रतिनिधि सभा पुनःस्थापना पछि पनि महन्थ–राजेन्द्र समूह ओली नेतृत्वको सरकारको निरन्तरतामा रहिरह्यो। तर, उपेन्द्र–बाबुराम समूह भने ओली नेतृत्वको सरकार ढाल्ने प्रयासमा रहिरहेका थिए ।

महन्थ–उपेन्द्रलाई आयोगले भन्यो : तपाईंहरूले काटेको पत्रको प्रक्रिया पुगेन

नेपालको ढुंगा, गिट्टी, बालुवा निकासी गर्ने सरकारको

महन्थ–उपेन्द्रलाई आयोगले भन्यो : तपाईंहरूले काटेको पत्रको प्रक्रिया पुगेन

अलबिदा प्रिय उज्ज्वल

Leave a comment

Your email address will not be published. Required fields are marked *