पाकिस्तानले पनि बनायो कोरोना खोप, नाम राखियो ‘पाकभ्याक’

एजेन्सी । पाकिस्तानले चीनको मद्दतमा कोरोनाको खोप (भ्याक्सिन) तयार गरेको छ। पाकभ्याक नाम राखिएको उक्त भ्याक्सिन मङ्गलबार सार्वजनिक गरिएको हो। पाकिस्तानका केन्द्रीय योजना मन्त्री असद उमरले भ्याक्सिनको उत्पादनलाई क्रान्तिकारी उपलब्धि भनेका छन्।

भ्याक्सिन सार्वजनिक गर्दै मन्त्री उमरले चिनियाँ सहयोगी र भ्याक्सिन विकासमा संलग्न पाकिस्तानी स्वास्थ्यकर्मीको समूहलाई धन्यवाद दिए। पश्चिमा भ्याक्सिनको तुलनामा आफ्ना नागरिकले चिनियाँ भ्याक्सिनलाई प्राथमिकता दिएको पनि उनले बताए।

‘स्वास्थ्यकर्मीले एस्ट्राजेनेका उपलब्ध भएको बताउँदा भ्याक्सिन लगाउन आएकाहरूले सिनोफार्मको माग गर्ने गरेका छन्। जब उनीहरूलाई सिनोफार्म उपलब्ध नभएको बताइन्छ‚ उनीहरू भ्याक्सिन नलगाइ फर्कने गरेका छन्’ उनले भने।

मन्त्री उमरका अनुसार सरकारले आफ्ना नागरिकको प्राथमिकता थाहा पाउन भ्याक्सिनसम्बन्धी सर्वेक्षण गराएको थियो। ‘हामीले सूचीमा सबै भ्याक्सिनको नाम राखेका थियौं‚सिनोफार्म देशभरका मानिसहरूको पहिलो रोजाइमा परेको देखियो ।’ उनले अगाडि थपे‚‘तर हामीले पाकभ्याकलाई नै प्राथमिकता दिनुपर्छ‚ किनकी यो हामीले मिलेर तयार पारेका हौं। यो एक प्रकारको क्रान्ति हो।’

पाकिस्तानले पनि बनायो कोरोना खोप, नाम राखियो ‘पाकभ्याक’

फाइभ-जीविरुद्ध पाँच हजार पृष्ठ लामो निवेदन बोकेर

Leave a comment

Your email address will not be published. Required fields are marked *