‘प्रहरी हुँ’ भन्दै पैसा उठाउँदै आएका दुई जना पक्राउ

धनगढी उपमहानगरपालिका–८ का व्यापारीलाई ‘प्रहरी हुँ’ पैसा माग गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका ५ बस्ने २३ वर्षीय वीरेन्द्र सिंह र सोही उपमहानगरपालिका २ बस्ने २५ वर्षीय पारस मल्ल रहेका छन् ।

कैलाली जिल्लाका विभिन्न स्थानबाट आफूहरू सादा पोसाकमा खटिएको र प्रहरी हुँ भन्दै पैसा माग गर्ने गरेको भन्ने सूचनाका आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई स्थानीय व्यापारीबाट नगद ५ हजार माग गरेको अवस्थामा नगदसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको  छ।

‘प्रहरी हुँ’ भन्दै पैसा उठाउँदै आएका दुई जना पक्राउ

चिनियाँ नागरिकले किन खिचे एटीएमको सिरियल नम्बर

‘प्रहरी हुँ’ भन्दै पैसा उठाउँदै आएका दुई जना पक्राउ

टपलेस भइन् परिणिती

Leave a comment

Your email address will not be published. Required fields are marked *