भेटियो अचम्मको लड्डु

एजेन्सी । संसारमा अचम्मको चिजको खोजी सँधै भइरहेको हुन्छ । कहिलेकाँही यस्ता चिज भेटिन्छन् जसको बारेमा विश्वास गर्न गाह्रो हुन्छ ।

यसै सन्दर्भमा भारतमा अचम्मित पार्ने सत्य फेला परेको छ । यसले तपाईंलाई पनि अचम्ममा पार्न सक्छ कि ! केही वर्ष अघि राजस्थानमा शोधकर्ताले अचम्मको लड्डु भेटेका थिए ।

द फ्री प्रेस जर्नलका अनुसार सन् २०१७ मा राजस्थानको अनुपगढमा उत्खननको क्रममा सातवटा लड्डु भेटिए । पछिल्लो चार वर्षदेखि यसबारे अनुसन्धान भइरहेको थियो । अहिले प्राप्त शोध रिपोर्ट अनुसार यस लड्डुका बारे अचम्मलाग्दा तथ्य भेटिएका छन् । मल्टीग्रेन तथा उच्च प्रोटिनयुक्त यी लड्डुको प्रयोग करिब चारहजार वर्ष पहिले हुने गरेको थियो ।

भारतीय पुरातत्व सर्वेक्षण तथा लखनउको बीरबल सहनी इन्स्टिच्युट अफ प्यालियोसाइन्सेज (बीएसआइपी) ले गरेको सर्वेक्षणमा लड्डु करिब २६ सय इशापूर्वको हो । लड्डु पूरै कडा ढुङ्गा जस्तै भइसकेका थिए ।

खोजपछि लड्डूलाई संरक्षित ढंगले राखिएको थियो । वैज्ञानिक राजेश अग्निहोत्रीका अनुसार लड्डु फुटेको भए यो सबै नष्ट हुने थियो । राजेशका अनुसार लडडू माथि पानी हाल्दा यसको रंग परिवर्तित भयो। पानी हाल्नासाथ लडडू बैजनी रङको हुन पुग्यो ।

एक थरीले यी लड्डुको सम्बन्ध कुनै रहस्यमयी घटनासँग हुने अनुमान पनि गरेका छन् । उत्खननमा लड्डू भेटिँदा यसको नजिक राखिएका केही मूर्ति र बञ्चरो पनि फेला परेका छन् । लड्डुलाई थप अनुसन्धानका लागि बीएसआइपी पठाइएको छ। बीएसआइपीका वैज्ञानिक अन्जुम फारुकीका अनुसार प्रारम्भिक अनुसन्धानमा लड्डू काबुली चना, जौ र गहूँबाट बनेको थाहा हुन आएको छ।

भेटियो अचम्मको लड्डु

ल्याण्डफिल्ड साइटको अवरोध हट्यो, आजैबाट फोहोर उठ्ने

भेटियो अचम्मको लड्डु

इनार किन गोलो नै हुन्छ ?

Leave a comment

Your email address will not be published. Required fields are marked *