मन्त्रिपरिषद बैठक: चुरे-मधेश संरक्षण विकास समितिका पदाधिकारी नियुक्त

काठमाडौं । राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिको अध्यक्षमा डा. किरण पौडेल नियुक्त भएका छन् ।
मन्त्रिपरिषदको शुक्रवार बसेको बैठकले वन क्षेत्रका विज्ञ पर्वतका पौडेललाई अध्यक्षमा नियुक्त गरेको हो ।

बैठकले विकास समितिका सदस्यहरुमा पूर्व जर्नेल बाबुकृष्ण कार्की सहित डा. सुस्मिता ढकाल, शशी शर्मा र भेषराज आचार्य बरुणलाई नियुक्त गरेको छ ।
चुरे क्षेत्रको प्राकृति सम्पदामाथिको दोहनका कारण तराई मधेशको जमिन मरुभूमिमा परिणत हुने खतरा बढेपछि सरकारले चुरे संरक्षणका लागि विकास समिति गठन गरेको थियो ।






