म्यानमारको नरसंहारविरुद्ध मानव अधिकारकर्मीको प्रदर्शन 

काठमाडौं । म्यानमारमा भएको सैनिक दमनको विरुद्धमा ललितपुरको पुल्चोकस्थित संयुक्त राष्ट्रसंघको भवनअगाडि प्रदर्शन भएको छ । प्रजातान्त्रिक विचार समाज नेपाल, मानव अधिकार संगठन र न्यायका लागि मानवअधिकार सञ्जालले शुक्रबार बिहान संयुक्त रुपमा विरोध प्रदर्शन गरेका हुन् ।

म्यानमारमा भएको नरसंहारको विरुद्धमा उत्रिएका मानव अधिकारकर्मीहरुले भारत र चीनले समेत दमनको मौन समर्थन दिएको भन्दै विरोध जनाएका छन् । प्राजातान्त्रिक विचार समाज नेपालका वरिष्ठ उपाध्यक्ष कुलचन्द्र वाग्लेले म्यानमारमा भएको नरसंहारको विरुद्धमा छिमेकी राष्ट्रहरु नै चुप लागेर बसेको भन्दै आपत्ति जनाए ।

मानव अधिकारकर्मीहरुले ‘म्यानमारमा सैनिक दमन बन्द गर’, ‘म्यानमारमा मानवअधिकार उल्लंघन बन्द गर’, ‘म्यानमारमा सैन्य शासनद्वारा गरिएको नरसंहारको घोर भर्त्सना गर्दछौं’, ‘म्यानमारमा प्रजातन्त्र र नागरिक शासन बहाली गर’, ‘शासकलाई अन्तर्राष्ट्रिय अदालतमा हाजिर गर’ लगायतका नारा लेखिएको व्यानर र प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।

 

म्यानमारको नरसंहारविरुद्ध मानव अधिकारकर्मीको प्रदर्शन 

महिला भलिबलमा नेपाल प्रहरीको विजयी सुरुवात

Leave a comment

Your email address will not be published. Required fields are marked *