एनभीए भलिबल : महिलातर्फ एपीएफ क्लबको विजयी सुरुवात

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक एनभीए महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपमा महिलातर्फ साविक विजेता नेपाल एपीएफ क्लबले विजयी सुरुवात गरेको छ ।
शुक्रबार बिहान त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा भएको खेलमा एपीएफले ढोरपाटन स्पोर्टस क्लबलाई तीन शून्यको सोझो सेटमा हरायो। ढोरपाटनको लगातार दोस्रो हार हो ।

पहिलो खेलमा ढोरपाटन न्यूडायमण्डसँग पराजित भएको थियो । एपीएफले ढोरपाटनलाई २५–३, २५–९ र २५–५ को सेटमा हरायो ।
खेलको सुरुवात देखि नै कमजोर टिम ढोरपाटनविरुद्ध एपीएफले दबाव दिएको थियो। प्रतियोगिता अन्तरगत महिला तर्फ नै नेपाल पुलिस र भरतपुर नगरपालिकाबीच खेल जारी छ ।






