पछिल्लो २४ घण्टामा विश्वभर थपिए ३ लाख २५ हजार कोरोना संक्रमित
पछिल्लो २४ घण्टामा विश्वभर ३ लाख २५ हजार कोरोना संक्रमित थपिएका छन् । जसमध्ये रसियामा सबैभन्दा बढी ४० हजार ९०० थपिएका छन् ।
यस्तै, बेलायतमा ३८ हजार, टर्कीमा २३ हजार ९००, अमेरिकामा १९ हजार ८००, युक्रेनमा १७ हजार ४००, जर्मनीमा १३ हजार ९०० र भारतमा १२ हजार ९०० संक्रमित थपिएका छन ।
यो अवधिमा विश्वभर साढे ४ हजार मानिसको कोरोना संक्रमणबाट मृत्यु भएको छ । सबैभन्दा धेरै रसियामा ११ सय ५८, रोमानियामा ३९४, युक्रेनमा ३३६, मेक्सिकोमा ३२५, भारतमा २५१‚ टर्कीमा २०१ जनाको मृत्यु भएको छ ।
कोरोनाबाट हालसम्म विश्वभर मृत्यु हुनेको संख्या ५० लाख १४ हजार पुगेको छ । यस्तै‚ २४ करोड ७४ लाख संक्रमित हुँदा २२ करोड ४१ लख संक्रमणमुक्त भएका छन् ।







