प्रधानमन्त्री देउवाले जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा आज सम्बोधन गर्ने

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तन सम्बन्धी विश्वका शीर्ष नेताहरुको सम्मेलनलाई आज सम्बोधन गर्दै छन्।

स्कटल्याण्डको ग्लास्गो शहरमा हिजोदेखि सुरु भएको हुने जलवायु परिवर्तनसम्बन्धी सम्मेलन ९कोप–२६० अन्तर्गत आज र भोली विश्वका शीर्ष नेताहरुको सम्मेलन हुन लागेको हो।

सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री देउवा गएराति ग्लास्गो पुगिसकेका छन्। देउवाले विभिन्न विशिष्ट व्यक्तिसँग भेटवार्तासमेत गर्ने कायक्रम छ। देउवाले भोलि बिहान भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्।

भोलि नै प्रधानमन्त्री देउवाले श्रीलङ्काका राष्ट्रपतिसँग भेटवार्ता तथा विश्व बैंक, आइएमओ र युके एमओडीका पदाधिकारीसँग पनि साइडलाइन बैठक गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

सम्मेलनमा सहभागी हुन देउवा गत शुक्रबार राति लण्डन पुगेका थिए। प्रधानमन्त्री देउवा शनिबार र आइतबार लण्डनमा विभिन्न भेटघाट र कार्यक्रममा सहभागी भए। प्रधानमन्त्री देउवा कात्तिक १८ गते विहान काठमाडौं आइपुग्ने तालिका छ।

प्रधानमन्त्री देउवाले जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा आज सम्बोधन गर्ने

लिग फुटबलमा इब्राहिमोभिचको ४०० गोल

पछिल्लो २४ घण्टामा विश्वभर थपिए ३ लाख

Leave a comment

Your email address will not be published. Required fields are marked *