पानीको स्रोत कब्जा गर्न किर्गिस्तान र ताजिकिस्तानबीच झडप, ३१ जनाको मृत्यु

एजेन्सी । किर्गिस्तान र ताजिकिस्तानबीच बाटकन क्षेत्रमा पानीको स्वामित्व विवाद चर्किएपछि झडप हुँदा कम्तिमा ३१ जनाका ज्यान गएको छ।

बाटकन क्षेत्र किर्गिस्तानमा परेपनि ताजिकिस्तानले त्यहाँ रहेको पानीको स्रोत कब्जा गर्न विवाद निम्त्याउने गरेको छ । झडप हुँदा सयौं मानिसहरू घाइते भएका र कम्तिमा १० हजार जनालाई बाटकन क्षेत्रबाट बाहिर निकालिएको छ ।

दुवैतर्फका मानिसहरूले बुधबार एक–अर्कोविरुद्ध ढुंगामुढा गरेका थिए। बिहीबार भएको झडपले हिंसात्मक रूप लिएको थियो । यसअघि त्यहाँ रहेको पानीको स्रोत वरपर निगरानी क्यामेरा जडान गरिएको थियो। सो क्यामेरा हटाउन सहमति पनि भएको थियो। सो पश्चात दुवै पक्षले विवाद नगर्ने सहमति जनाएको थिए। तर, लगत्तै विभिन्न इलाकामा गोली चलेको सुनिएको थियो।

किर्गिस्तानका स्वास्यमन्त्री अलीजा सोल्टनबिकोवाले टेलिभिजनमा एक सन्देश प्रसारण गर्दै ३१ जनाको मृत्यु र १५० जना घाइते भएको जानकारी दिएकी छिन्। झडप क्रममा एक बच्चाको पनि ज्यान गएको छ। पछिल्लो झडपमा ताजिकिस्तानतर्फ कति क्षति भयो भन्नेबारे अहिलेसम्म कुनै जानकारी दिइएको छैन।

पानीको स्रोत कब्जा गर्न किर्गिस्तान र ताजिकिस्तानबीच झडप, ३१ जनाको मृत्यु

बढ्न थाल्यो मृत्युदर, जटिल प्रकृतिका संक्रमितले भरिए

पानीको स्रोत कब्जा गर्न किर्गिस्तान र ताजिकिस्तानबीच झडप, ३१ जनाको मृत्यु

भारतको अर्को कोभिड अस्पतालमा पनि आगलागी, १८

Leave a comment

Your email address will not be published. Required fields are marked *