बाढीले बगायो १२ लाख रुपैयाँको माछाको भुरा

सल्यान : बाढीले सल्यानमा १२ लाख रुपैयाँभन्दा बढीको माछाका भुरा बगाएको छ । बिहीबार साँझ आएको गराले खोलाको बाढीले छत्रेश्वरी गाउँपालिका–६ मा रहेको नमुना एकीकृत कृषि फर्मको ६ लाख माछाका भुरा बगाएको हो ।

बिक्री गर्न तयार भएका भुरा बगाउँदा करिब १२ लाख रुपैयाँ क्षति भएको फर्मका सञ्चालक लोकराज भण्डारीले बताए । उनले भने, ‘६ वटा पोखरीमध्ये ३ वटा पोखरीका माछा बाढीले एउटा पनि नराखी बगाइदियो। ’

भण्डकारीका अनुसार तीनवटा पोखरीमा बजारमा बिक्री गर्न तयार भएका भुरा थिए। ‘बिक्री गर्ने समय पुगेकै बेला बाढीले सबै माछा बगायो,’ उनले भने, ‘एउटा भुरालाई दुई रुपैयाँमा मात्र बिक्री गरेको भए पनि १२ लाख आम्दानी हुन्थ्यो ।’

सल्यानमा ९८ रोपनी क्षेत्रफलमा व्यावसायिक माछा पालन हँुदै आएको छ। आम्दानी राम्रो हुने भएकाले खेतीयोग्य जमिनमा माछा पाल्ने बढिरहेका छन्। यहाँ उत्पादन हुने बार्षिक १२ मेट्रिकटन माछामध्ये केही दाङ र सुर्खेत निर्यात हुने गरेको छ। अधिकांश जिल्लामै खपत हुने गरेको छ।

बाढीले बगायो १२ लाख रुपैयाँको माछाको भुरा

चट्याङ लागेर दैलेखमा दुई जना घाइते

बाढीले बगायो १२ लाख रुपैयाँको माछाको भुरा

YUGAAWHAN NATIONAL DAILY (2078-01-18)

Leave a comment

Your email address will not be published. Required fields are marked *