कांग्रेस र जसपालाई माओवादीको प्रश्‍न : ओली सरकार राख्‍ने कि फेर्ने ?

काठमाडौं : नेकपा माओवादी केन्द्रले कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)लाई एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार राख्ने कि अविश्वासको प्रस्ताव गर्ने? भनेर प्रश्न गरेको छ।

माओवादीको अनौपचारिक स्थायी कमिटीको बैठकपछि नेता नारायणकाजी श्रेष्ठले भने, ‘हामीले औपचारिक रुपमा हाम्रो पार्टीको यो सरकार समर्थन छैन भनेर लेखेर दिने प्राविधिक कुराका कारणले नेपाली कांग्रेस र जसपाले निर्णय नगरेको भन्ने कुरा सत्य होइन ।

नेपाली कांग्रेस र जसपाले आफ्नै दृष्टिकोणका आधारमा निर्णय गर्नुपर्‍यो सरकारलाई राख्ने कि अविश्वासको प्रस्ताव पेश गर्ने? त्यसको निम्ति हामी गम्भीर अपिल गर्दछौँ ।’ प्राविधिक रूपमा पत्र लेखेर समर्थन फिर्ता गर्न बाँकी रहे पनि वर्तमान सरकारलाई आफ्नो पार्टीको समर्थन नरहेको बताए ।

आफूहरूले समर्थन फिर्ता नलिएका कारण नेपाली कांग्रेस र जसपाले सरकारबारे निर्णय गर्न नसकेको कुरा सत्य नभएको उनले दाबी गरे । वर्तमान संसदलाई पूरा अवधि क्रियाशील गराउन चाहेका कारण सरकारलाई औपचारिक रूपमा समर्थन फिर्ता गर्नु अगाडि पार्टीले सम्पूर्ण राजनीतिक पार्टीहरूसँग छलफल गरेर राजनीतिक परिस्थितिको ठिक आँकलन गर्ने काम गरिरहेको समेत उनले बताए ।

कांग्रेस र जसपालाई माओवादीको प्रश्‍न : ओली सरकार राख्‍ने कि फेर्ने ?

संस्कृति संरक्षणमा जुटे रिब्दिकोटका युवा

कांग्रेस र जसपालाई माओवादीको प्रश्‍न : ओली सरकार राख्‍ने कि फेर्ने ?

नेप्से परिसूचक दोहोरो अंकले बढ्यो, कारोबार रकम

Leave a comment

Your email address will not be published. Required fields are marked *