ओलीले पार्टीलाई गुटमा बदलेर राज्य दोहनको गिरोह बनाए : घनश्याम भुसाल

काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई गुटमा परिणत गरेको आरोप लगाएका छन् ।

अध्यक्ष ओलीले ६ महिनाको लागि निलम्बन गरेपछि उनले फेसबुकमा लेखेका छन्, ‘एउटा धेरै राम्रो पार्टीलाई उनले गुटमा बदलेका थिए, अहिले त्यो गुट राज्य दोहनमा लागेको गिरोहमा परिणत भएको छ ।’

ओलीको असीमित सत्ताभोगको कारणले ‘म’ र मेरोबाहेक केही नदेख्ने बनाएको आरोप लगाएका छन् । उनले अगाडि लेखेका छन्, असीमित सत्ताभोगको अतृप्त तृष्णाले कमरेड ओलीलाई ‘म’ र ‘मेरो’बाहेक केही नदेख्ने बनाएको छ। ‘म बस्न नपाउने कुर्सी भाँचिदिन्छु’, यो उनी आफैँले कबुल गरेको जीवन दर्शन हो ।’

उनको ओली व्यक्तिवादी, अवसरवादी, दक्षिणपन्थी तथा बिसर्जनवादी ताण्डवलाई पराजित गरेर हामीले लोकतन्त्र र वामपन्थीको ऋण तिर्ने चेतावनी दिएका छन् । पार्टीको अध्यक्ष भएर उनले गरेका बर्बादीका लागि मैले दुनियाँसँग माफीसमेत मागेका छन् ।

ओलीले पार्टीको विधानविपरीत चलेको भन्दै ६ महिनाको लागि निलम्बन गरेको छन् । चैत ७ गते बसेको प्रधानमन्त्री केपी शर्मा ओली समूहको केन्द्रीय कमिटीको बैठकले वरिष्ठ नेता माधव नेपाल, उपाध्यक्ष भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोधेको थियो ।

ओलीले पार्टीलाई गुटमा बदलेर राज्य दोहनको गिरोह बनाए : घनश्याम भुसाल

सर्वोच्चले मानेन नेकपा ब्युताउन, पुरानै फैसला सदर

ओलीले पार्टीलाई गुटमा बदलेर राज्य दोहनको गिरोह बनाए : घनश्याम भुसाल

विश्वकप छनोट : जर्मनी पराजित

Leave a comment

Your email address will not be published. Required fields are marked *