सुरेन्द्र पाण्डे र घनश्याम भुसाल पनि ६ महिनाका लागि निलम्बित

काठमाडौं । नेकपा एमालेले नेता सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पनि कारबाही गरेको छ। पार्टीको विधानविपरीत चलेको भन्दै नेताद्वयलाई पनि ६ महिनाको लागि निलम्बन गरेको हो ।

चैत ७ गते बसेको प्रधानमन्त्री केपी शर्मा ओली समूहको केन्द्रीय कमिटीको बैठकले वरिष्ठ नेता माधव नेपाल, उपाध्यक्ष भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोधेको थियो ।
नेता नेपाल र रावललाई चित्त बुझ्दो जवाफ नफर्काएको भन्दै यसअघि नै कारबाही गरिसकेका छन् । नेता नेपाल र रावलले ओलीको कारबाहीको अर्थ नभएको भन्दै अस्वीकार गरेका छन् ।






