कर्णालीमा परीक्षण नौ जनामै देखिएन कोरोना

सुर्खेत, १६ चैत ।
कर्णालीमा कोरोना रोकथाम र नियन्त्रणका लागिप्रयास जारी छन् । यहीक्रममा कोरोना भाइरसको संक्रमण भएको आशंकामाहालसम्म कर्णालीबाट १४ जनाको नमूना काठमाण्डौ पठाइएको छ । जसमध्ये आइतवारसम्म नौ जनाव्यक्तिको नमूना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । अर्थात उनीहरुमा कोरोना भाइरसको संक्रमण नभएको पुष्टी भएको हो ।

भारत लगायतअन्य देशबाटआएकाहरुको नमूना परीक्षणका लागि पठाइएको थियो । प्रदेश अस्पताल सुर्खेतकाफिजिसिएन डाक्टर केएनपौडेलकाअनुसार कर्णालीबाट कोरोना परीक्षणका लागिहालसम्म १४ स्वावशुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा काठमाडौं पठाएका छन् । जसमध्ये हालसम्म नौ वटाको परिक्षण रिपोर्ट आएको र सबैमा कोरोनाको संक्रमण नभेटिएको उनले जनाए । परीक्षणकालागिनमूना पठाइएका मध्ये रुकुपश्चिमका एक र सुर्खेतकाएकजनामा कोरोनाको संक्रमण हुने आशंका धेरै गरिएको थियो । तर उनीहरुको रिपोर्ट पनि नेगेटिभ आएको छ ।

कोरोना परीक्षणका लागि कर्णालीप्रदेशबाट हालसम्म पठाएका मध्ये अब पाँचजनाको रिपोर्ट भने आउनबाँकी रहेको प्रदेश अस्पतालले जनाएको छ ।  यस्तै हाल कर्णालीप्रदेशमा झण्डै तीनसयजनाक्वारेन्टाइनमा बसेका छन् ।
अहिलेसम्म सबैभन्दा बढी सुर्खेतमाएकसय ८६ जना, कालिकोटमा ५१, डोल्पामा ८५ जना र जुम्लामा ३९ जनाक्वारेन्टाइनमा रहेका छन् । घरमै होमक्वारेन्टाइनमा बसेकाहरुको भने गन्तीभएको छैन ।यद्यपीभारत लगायतअन्य मुलुकबाट आएकाअधिकांशनागरिकहरु सेल्फक्वारेन्टाइनमा बसेको सम्बन्धितजिल्लाले जनाएका छन् ।

प्रदेशभरी तीनसय शैयाको आइसोलेसन तयार

कर्णालीप्रदेशमाहालसम्म झण्डै तीनसयआइसोलेसन बेड तयार पारिएको छ । अहिलेसम्म सबैभन्दा बढी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामाएकसय २० आइसोलेसन बेड तयारी अवस्थामा छन् । त्यस्तै प्रदेश अस्पताल सुर्खेतमा ५०, दैलेख जिल्ला अस्पतालमा ३०, सल्यानजिल्ला अस्पतालमा २२, रुकुममापाँच, डोल्पामा आठ, हुम्लामातीन, जाजरकोटमा ६, मुगुमा सात र कालीकोटमा सात बेडका आइसोलेसन कक्षतयारी अवस्थामा रहेका सामाजिकविकास मन्त्रीदल रावलले जानकारी दिए । त्यस्तै केही स्थानीयतहले पनि स्वास्थ्यचौकीलाई आइसोलेसनको रुपमानिर्माण गरेका छन् । यद्यपी स्थानीयतहको विवरण भने प्रदेश सरकारसँग उपलब्धभएको छैन ।

पर्याप्त छैनन् आईसीयु र भेन्टिलेटर

कर्णालीप्रदेशमाअहिलेसम्म एउटा पनि भेन्टिलेटर छैन । गम्भिर अवस्थामा स्वास प्रस्वासका बिरामीकालागिआवश्यक पर्ने सबैभन्दाअत्यावश्यक भेन्टिलेटर वर्षाैसम्म कर्णालीप्रदेशमा छैन ।
कोरोना भएमा सबैभन्दा बढी समस्या स्वास्वप्रस्वासमै आउँछ । तर कर्णालीमाहाल एउटा पनि भेन्टिलेटर छैन । गम्भीर बिरामीकालागिप्रयोग गरिने भेन्टिलेटर उपलब्धनहुनु प्रदेश सरकारका लागि सबैभन्दा ठूलो चुनौती बनेको छ ।

भेन्टिलेटरविहीन कर्णालीमाआईसीयुसमेत पर्याप्त छैनन् । प्रदेश अस्पताल सुर्खेतमाअहिलेसम्मचार बेड मात्रै आईसीयु छ । त्यस्तै स्वास्थ्य विज्ञापन प्रतिष्ठान जुम्लामा १० बेड र चौरजहारी अस्पतालमा तीन बेडको आइसीयु छन् ।यद्यपीप्रदेश सरकारले भने पर्याप्तआइसीयु र भेन्टिलेटर खरिदकालागि बजेट उपलब्ध गराएको दाबी गरेको छ ।
सामाजिकविकास मन्त्रीदल रावलकाअनुसार प्रदेश अस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई प्रदेश सरकारले दिएको एक÷एक करोड र चौरजहारी सामुदायिक अस्पताललाई ५० लाख बजेटले आईसीय, एनआइसीयू र भेन्टिलेटर लगायतकाअत्यावश्यक सामग्रीखरिद गरिने जनाए ।  यो बजेटले अस्पतालमा आइसोलेसन बेड थप्ने र अन्यउपकरण खरिदलगायतकामगरिने उनको भनाइ छ ।

वीरेन्द्रनगरका कर्मचारीलाई  विशेषभत्ता दिइने

वीरेन्द्रनगर नगरपालिकाले कर्मचारीहरुको मनोबल उच्च राख्नविशेष भत्तादिने निर्णय गरेको छ । कोरोना नियन्त्रणमा अहोरात्र खटिने कर्मचारीहरुलाई उच्चमनोबलका साथकार्य गर्नका लागिविशेष भत्तादिने निर्णय नगरपालिकाले गरेको हो ।

नगरपालिकामाकार्यरत कर्मचारीहरुको तहअनुसार प्रतिदिन ६ सयदेखि आठ सयसम्मभत्तादिने निर्णय गरिएको नगरपालिकाकाप्रमुखप्रशासकीयअधिकृत टिकाराम ढकालले जानकारी दिए । नगरपालिकाका सबै स्वास्थ्य संस्थाहरुमान्यूनतम् औषधी र पीपीइ पठाईएको पनि ढकालले बताए । नगरपालिकाले फोहोरमैलाब्यवस्थापनकार्य र स्वास्थ्य संस्थाहरुमा हरेक दिनखुल्ने ब्यवस्थामिलाईएको छ । नगरपालिकाका १४ वटै वडामा किटनाशक औषधी छर्ने निर्णय समेत गरिएको बताएका ढकालले नगरपालिकाका वडा नम्बर ३, ६, र ८ मा दमकलबाट किटनाशक औषधी छरिसकेको जनाए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *