डोल्पाली दुई बृद्ध महिला नेपालगञ्जमा अलपत्र, बेल खाएर भोक मेटाउँदै

रामचन्द्र न्यौपाने
डोल्पा, १६ जेष्ठ ।
डोल्पाका दुई बृद्ध महिला नेपालगञ्ज एयरपोर्टमा अलपत्र परेका छन् । ठुलिभेरी नगरपालिका वडा नं. १ दुनै बजारमा अर्काले बनाइ दिएको जिर्ण कटेरोमा बस्ने सिता कुमारी शाही र लक्ष्मी मल्ल ठकुरी नेपालगञ्ज एयपोर्टमा अलपत्र परेकाहुन् ।

सहयोग उठायर ल्याएको खर्चपर्च सकिएपछि उनिहरु अलपत्र परेका हुन् । “नेपालगञ्ज पुगिसके पछि सम्झना चोकमा भाडा लिएर बसेका छौँ, गोजिमा एक सुक्को छैन्, खानेकुरा केही पनि छैन,चर्को गर्मीमा भोकभोकै बस्नु परेको छ”मल्लले आखाँ भरी आँशु पार्दै भनिन् । “भोकै बस्नु भन्दा नजिकैको जंगलबाट बेलको फल ल्यायर भोक मेटाउने गरेका छौँ, घरबेटीले कोठाबाट निकाल्ने भनेका छन्,कोही चिनेका पनि छैनन्,कसरी हुन्छ हामिलाई उद्धार गर्नुपरयो ।”

उनीहरु फाल्गुन १७ गते स्वास्थ्य उपचार गराउने भन्दै नेपालगञ्ज गएका थिए । पेटको बिरामी पर्नुभएकी सिता कुमारी शाहीको उपचारमा रेखदेख गर्ने भन्दै कुरुवाको रुपमा लक्ष्मी मल्ल ठकुरी पनि सँगै गएकी हुन् । नेपालगञ्ज पुगेर नर्सिङ् होममा भर्ना भएकी शाहीलाइ पैसा नपुग्ने भन्दै ९ चैत्रमा अस्पतालले अप्रसेन नगरेरै फर्काएको थियो । पेटको अप्रेशन गर्नुपर्ने भएपनि आर्थिक अभावमा अप्रेशन नगरेरै अस्पतालले फर्काएकोे बिरामि शाहीले गुनासो गरिन् । उनीहरुको आर्थिक अवस्था कमजोर भएकाले सदरमुकाम दुनैका उद्योगी, व्यापारीहरुले चन्दा संकलन गरेर नेपालगञ्ज पठाएका थिए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *