कर्णालीको नीति तथा कार्यक्रम आज

सुर्खेत, १६ जेठ ।
कर्णाली प्रदेश सरकारले आज शुक्रवार प्रदेश सभामा आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ । सरकारले आर्थिक वर्ष ०७७।०७८ को वार्षिक नीति तथा कार्यक्रम प्रदेशमा सभामार्फत सार्वजनिक गर्न लागेको हो । आज दिउँसो तीन बजे बस्ने संसद बैठकमा प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलौनीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका रहेको कर्णाली प्रदेश सभाका सचिव जीवराज बुढाथोकीले जानकारी दिए ।

आजको बैठकमा प्रदेश प्रमुखले नीति तथा कार्यक्रम प्रस्तुत मात्रै प्रस्तुत गर्ने कार्यसूची रहेको बुढाथोकीको भनाइ छ । सरकारले चालु आर्थिक वर्षमा महोत्वकाँक्षी योजना ल्याए पनि आगामी वर्षका लागि भने कोरोना नियन्त्रणसँगै शिक्षा र कृषिलाई रोजगारीसँग जोड्ने खालका नीति तथा कार्यक्रम समावेश गर्न लागेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ ।

नीति तथा कार्यक्रमका लागि सबै तयारी पूरा भएको जानकारी दिएको कार्यालय स्रोतले मुख्यगरी रोजगारीका लागि भारत तथा तेस्रोमुलुक गएका हजारौं नागरिक गाउँ फर्किएकाले उनीहरुलाई गाउँमा उत्पादनसँग जोडेर रोजगारीमा वृद्धि गर्ने खालका योजनाहरु प्राथमिकतामा परेका छन् ।

2 Comments

  1. वकिल बस्नेत(NPCA KARNALI SANYOJAKA)
    30th May 2020 Reply

    यो नीति तथा कार्यक्रममा कर्णाली प्रदेशमा संचालित एक निर्बाचन छेत्र एक सामुदायिक क्याम्पसलाई मात्र सम्बोधन गरेको देखियो।तेसो नभएर कर्णाली प्रदेशमा संचालित सम्पुर्ण सामुदायिक क्याम्पसहरुलाई नियमित अनुदान र क्याम्पसहरुको आबसक्ताका आधारमा प्रस्ताव माग गर्नेगरी भोतिक पुर्बाधार गर्नेगरी नीति तथा कार्यक्रम र बजेटमा समेटिने गरि ब्यबस्था गर्न अनुरोध छ ।नेपाल पब्लिक क्याम्पस संघ कर्णाली प्रदेश कमिटी

  2. वकिल बस्नेत (NPCA KARNALI COMMITTE SANYOKAKA)
    30th May 2020 Reply

    यो नीति तथा कार्यक्रममा कर्णाली प्रदेशमा संचालित सम्पुर्ण सामुदायिक क्याम्पसहरुलाई समेटिएको देखिएन।एक निर्बाचन छेत्र एक सामुदायिक क्याम्पसको सट्टा कर्णाली प्रदेशमा संचालित सम्पुर्ण सामुदायिक क्याम्पसहरुलाई अनिवार्य नियमित अनुदान र क्याम्पसहरुलाई प्रस्ताब माग गर्नेगरी भोतिक पुर्बाधार गर्न नीति तथा कार्यक्रम र बजेटमा समेटिनु पर्छ ।नेपाल पब्लिक क्याम्पस संघ कर्णाली प्रदेश कमिटी ।

Leave a comment

Your email address will not be published. Required fields are marked *