१९ जिल्लामा संक्रमित संख्या १०४२ पुग्यो

काठमाडौं, १५ जेष्ठ ।
नेपालमा बिहीबार थप १५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार दैलेखमा ८, कैलालीमा २,दार्चुलामा १,स्याङ्जामा ३, नवलपुरमा १, धनुषामा २९, महोत्तरीमा १७, सप्तरीमा १४, मकवानपुरमा १, बर्दियामा ३, बाँकेमा १, झापामा २५, सर्लाहीमा ७, सिरहामा ६, रौतहटमा २०, दोलखामा २, सोलुखम्बुमा १, बझाङमा १ र सुर्खेतमा १३ जना संक्रमित थपिएका हुन् ।

अहिलेसम्म नेपालका ५१ जिल्लामा संक्रमित फेला परिसकेका छन् । योसँगै नेपालमा कोरोना भाइरसका कुल संक्रमितको संख्या १०४२ पुगेको छ । ती मध्ये १८७ जना संक्रमण मुक्त भएर घर फर्किसकेका छन् भने अहिलेसम्म कोरोना भाइरसका कारण ५ जनाको मृत्यु भएको छ ।

कर्णालीमा कोरोना संक्रमित ४६ जना पुगे

१९ जिल्लामा संक्रमित संख्या १०४२ पुग्यो

चौरजहारी घटनामा पाचौँ शव फेला, १८ जना

Leave a comment

Your email address will not be published. Required fields are marked *