टिप्परले किच्दा एकको मृत्यु

ओम शाही 

  
सुर्खेत : वीरेन्द्रनगरमा टिप्परले किच्दा एक जनाको मृत्युु भएको छ ।

कालिकोट महावै गाउँपालिका ३ सिमखेत घर भएका २० वर्षीया केशर सिंहको टिप्परले किच्दा मृत्युु भएको हो । वीरेन्द्रनगर–३ गौतम चौकमा भे १ ख २२४२ नम्बरको टिप्परले भे १ प २१७८ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो ।

टिप्परले सिंहलाई किचेर अन्दाजी २० मिटर सम्म घिसारेको प्रत्यक्षदर्शीले बताएका छन् । सिंहका आफन्तले अहिले यरिचौक र गौतम चौकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । प्रहरीले टिप्पर चालक र टिप्परलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ ।

टिप्परले किच्दा एकको मृत्यु

Yugaawhan National Daily (2076-10-14)

Leave a comment

Your email address will not be published. Required fields are marked *