कृषि उत्पादन र खाद्य संकट बजेटमा प्राथमिकता दिन सुझाव

सुर्खेत, १२ जेष्ठ ।
कर्णाली प्रदेशको आगामी बजेटमा कृषि उत्पादन बृद्धि र खाद्य संकट समाधान गर्ने गरी बजेट ल्याउन सुझाव दिइएको छ । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश संसदीय दलको सोमबार सम्पन्न बैठकमा प्रदेश सभा सदस्यहरुले उक्त सुझाव दिएका थिए ।बैठकले कर्णाली प्रदेश विपद् व्यवस्थापन कोषमा सवै प्रदेश सदस्यहरुको तर्फबाट आधा महिनाको पारिश्रमिक जम्मा गर्ने, प्रदेश सभाको बैठकमा सरकारद्वारा प्रस्तुत गरिने आगामी आर्थिक बर्षको बजेटका सिद्धान्त, उद्देश्य र प्राथमिकताका मुलभूत पक्षहरुको बारेमा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले वैठकमा जानकारी दिएका थिए ।

वैठकमा सहभागी प्रदेश सदस्यहरुले सरकारको आगामी वजेट कोभिड–१९ नियन्त्रण र कर्णाली प्रदेशमा कृषि उत्पादन बृद्धि गर्नुका साथै हुनसक्ने सम्भावित खाद्यसंकट सामाधान हुनेगरी वजेट निर्माण गर्न प्रदेश सरकारलाई सुझाव दिएका थिए । कोरोना भाईरस (कोभिड–१९) को रोकथाम, नियन्त्रण र उपचारको लागि सरकारले प्रभावकारी कदम चालिरहेकोमा कर्णाली प्रदेश सरकार, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतलाई धन्यवाद दिनुका साथै प्रदेश सांसद करबीर शाहीका आमाको निधनप्रति दुःख प्रकट गर्दै मृतकप्रति श्रद्धाञ्जली एवं परिवारमा गहिरो समवेदना प्रकट गर्ने निर्णय भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश संसदीय दलका नेता एवं मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको अध्यक्षतामा संसदीय दलको सोमबार वीरेन्द्रनगरमा बसेको थियो ।

कृषि उत्पादन र खाद्य संकट बजेटमा प्राथमिकता दिन सुझाव

ब्रेकिङ : कोरोना संक्रमित कर्णालीमा ११ जना

कृषि उत्पादन र खाद्य संकट बजेटमा प्राथमिकता दिन सुझाव

पलाँताका अध्यक्ष कुटने नेकपा नेता धरौटीमा छुटे

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!