कालिकोटलाई एम्बुलेन्स र छात्रवृत्ति उपहार

कालिकोट : नोवेल मेडिकल कलेज विराट नगरका सञ्चालक डा. शुनिल शर्माले दुर्गम कालिकोटका बासिन्दालाई उपहार स्वरुप एम्बुलेन्स दिएका छन् । मोरङमा जन्मिए पनि आफूले एसएलसी उत्तीर्ण गरेको कालिकोटको गाउँलाई उनले विभिन्न उपहार प्रदान गरेका हुन् ।

तराइमा जन्मे पनि दुर्गमले आफ्नो भाग्य कोरिदिएको भन्दै उनले उपहार प्रदान गरेको बताए । डाक्टर शर्माले स्थानीयलाई एम्बुलेन्ससँगै सात जनालाई प्राविधिक शिक्षा अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराउने बताए । साथै उनले आफूले अध्ययन गरेको विद्यालयमा एकलाख रुपैयाँको अक्षयकोष र एकसय जना स्थानीयको गम्भिर प्रकृतिको शल्यक्रिया निशुल्क गरिदिने घोषणा गरे ।

रक्तदान सम्बन्धी काम गर्ने युवाहरुद्धारा संचालित पृथ्वी रक्तदान तथा वीर फाउण्डेशनले संचालन गर्नेगरी उनले एम्बुलेन्स हस्तान्तरण गरेका हुन् । शनिबार मान्ममा उनले एम्बुलेन्सको चावी हस्तान्त्रण गरेका हुन् । उनले आफ्नो भविस्य निर्माण गरिदिने कालिकोटका विरामीलाई सहज रुपमा उपचारको पहुँचमा ल्याउन एम्बुलेन्स, प्राविधिक शिक्षामा सात जनालाई पुर्ण छात्रवृति र एकसय जना बिरामीको गम्भीर प्रकृतिका शल्यक्रिया निशुल्क गर्ने घोषणा गरे ।

आफु पढेको पंचदेवल माध्यामिक विद्यालय मान्ममा विपन्न विद्यार्थीलाई छात्रवृतिका लागि एक लाखको अक्षयकोष पनि स्थापना गरेका छन् । सहयोग घोषणापछि डाक्टर शर्माले भने,‘मेरो डाक्टर बन्ने रहर सानैदेखि थियो, तर घरको आर्थिक अवस्था कमजोर थियो, दुर्गमबाट एसएलसी गर्दा छात्रवृत्तिमा पढ्न पाइन्थ्यो, मैले कालिकोटबाट एसएलसी गरेर सरकारी छात्रवृत्तिमा डाक्टर पढ्ने मौका पाएँ ।’

चिनमा डाक्टर पढ्नका लागि छात्रवृत्ति दिलाउन कालिकोटले सहयोग गरेकाले आफूले अहिले सम्झेर गुन तिर्ने प्रयास गरेको उनको भनाइ छ । कालिकोटबाट एसएलसी उतिर्ण गरेको २६ बर्षपछि जिल्ला फर्किएका डा. शर्माले कालिकोटलाई यो सहयोगको घोषणा गरेका हुन् । कालिकोटलाई उपहारको पोको ल्याएर आएका डा. शर्मालाई सम्मान गर्दै नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले डा. शुनिल शर्मा कालिकोटको छोरा भएको बताए ।

उनले आफुले जिल्लाका दुरदराजमा रहेका बिरामीहरुलाई एम्बुलेन्सको अभावमा डोकोमा बोकेर ल्याउनुपर्ने समस्या दर्साएको आग्रहलाई डा. शर्माले ठुलो मन देखाएकोमा सम्मान व्यक्त गरे । नेकपाका नेता चित्रसिंह गाँउलेले जिल्लामा एम्बुलेन्स सेवा नहँुदा १६ बर्षभन्दा माथिका अधिकांश युवाहरु एम्बुलेन्स बन्ने गरेको बताउदै डा. शर्माले प्रदान गरेको एम्बुलेन्सले ठुलो राहत दिने बताए ।

कालिकोटलाई एम्बुलेन्स र छात्रवृत्ति उपहार

अपराधबिनै जेलभित्र बालबालिका

कालिकोटलाई एम्बुलेन्स र छात्रवृत्ति उपहार

बिदाबाट फर्किएनन् शिक्षक

Leave a comment

Your email address will not be published. Required fields are marked *