बालबालिकालाई सिकाउनुपर्छ गरिखाने तरिका
हामी बालबच्चा सफल भएको देख्न चाहन्छौं । यही चक्करमा हामी उनीहरुलाई पुस्तक घोक्न, होमवर्क गर्न लगाउँछौं । पढाई आफ्नो ठाउँमा महत्वपूर्ण छ । तर, यससँगै उनीहरुलाई हामीले ति स–सना कुरा पनि सिकाउनुपर्छ, जो उनीहरुका लागि जीवनोपयोगी हुन्छ ।
चाहे सागसब्जी काट्न होस् वा तरकारी गोडमेल गर्न, फूलहरु स्यहार्न होस् वा लुगाफाटो धुन । यस्ता काममा उनीहरुलाई अभ्यस्त गराउनुपर्छ । बालबालिकालाई घरायसी कामकाज सिकाउनुपर्छ, दैनिक जीवनमा आइपर्ने समस्याहरु सुल्झाउन सिकाउनुपर्छ, सिपमूलक काम सिकाउनुपर्छ । यससँगै उनीहरुको क्षमता विकास एवं सीप विकासका लागि निम्न कुरा सिकाउनुपर्छ ।
ध्यान दिनु र नियन्त्रण
अभिभावकलेसानैदेखि बालबालिकाको कार्यतालिका र स्वभावमा ध्यान दिनु जरुरी हुन्छ । यसले उनीहरुलाई सुरक्षाको अनुभूति दिलाउँछ । साथै यसले उनीहरुलाई कुनै कुरामा ध्यान दिन र स्वनियन्त्रणको कुरा पनि सिकाउँछ ।
घरमा उनीहरुलाई आफ्नो जुत्ता, कोट र अन्य व्यक्तिगत सामग्रीहरु कहाँ कसरी राख्ने भन्ने कुरा पनि सिकाउनुपर्छ । हामी अहिले निकै कोलाहाल पूर्ण वातावरणमा बस्छौं ।
त्यसैले उनीहरुलाई किताब पढ्ने, कुनै पजल समाधान गर्ने, कुनै कुराको महसुस गर्ने लगायतका काम गराउनुपर्छ । यसले उनीहरुलाई शान्त बनाउँदै कुनै पनि काममा ध्यान केन्द्रित गर्न सहयोग पु¥याउँछ ।
सकारात्मक सोचको विकास
बालबालिकालाई सानै उमेरदेखि सकारात्मक सोचको विकासमा अभिप्रेरित गर्नुपर्छ । कुनै पनि बालबालिकाको दिमागमा प्राकृतिक हिसाबमा कुनै पनि सोच आउँदैन, उनीहरुको दिमागमा यसलाई विकास गर्नु जरुरी हुन्छ ।
त्यसैले उनीहरुसँग कुनै प्रेरणा दिने किताब तथा पात्रको विषयमा छलफल गर्नु जरुरी हुन्छ । उनीहरुलाई कुनै पनि विषयमा सकारात्मक कुरामा अघि बढ्न लगाउनुपर्छ ।
सञ्चार
बालबालिकासँग निकै राम्रो कुराकानी र छलफलको माध्यमबाट उनीहरुमा स्वस्थ सामाजिक भावनात्मक क्षमताको विकास गर्न सकिन्छ । यसबाट उनीहरुले अरुले भनेको कुरा बुझ्ने र अरु मानिससँग पनि घुलमिल हुन सिक्नेछन् । उनीहरुलाई आफ्नो कुरा प्रभावकारी रुपमा राख्ने र शेयर गर्ने तरिका पनि सिकाउनुपर्छ ।
सञ्जाल निर्माण
बालबालिकालाई उनीहरु विभिन्न कुराहरुको सम्बन्ध र सञ्जालबारे पनि राम्रो ज्ञान दिनुपर्छ । धेरै सञ्जालको माध्यमबाट उनीहरुले सहजै विश्वलाई सहजै बुझ्न सक्छन् । सामान्य हिसाबमा कुनै खेलौनालाई कस्तो कपडा लगाइदिने भन्नेजस्ताबाट पनि उनीहरुलाई के कुराको केसँग कस्तो सम्बन्ध र सञ्जाल छ भन्ने कुरा बुझाउन सकिन्छ ।
फरक सोच
हामी निकै जटिल संसारमा बाँचिरहेका छौं । यहाँ हुने प्रत्येक गतिविधिलाई राम्रोसँग बुझ्न र त्यसको विश्लेषण गर्नु जरुरी हुन्छ । यस किसिमको सोच विस्तारको लागि कुनै हिरोको जस्तो भूमिका देखाउने खेल खेलाउने, कुनै भवन निर्माण गर्न लगाउने, जोखिम लिन सिकाउने र उनीहरुको सोचलाई अघि सार्ने, उनीहरुलाई एकपटक गल्ती गर्ने मौका दिने तथा त्यसको समाधान पत्ता लगाउने जिम्मा दिने जस्ता गतिविधि गराउनुपर्छ । यसले उनीहरुमा फरक सोचको विकास हुन्छ ।
चुनौती लिने अभ्यास
बालबालिकालाई अभिभावकले चुनौती लिन पनि सिकाउनुपर्छ । यसो गर्दा उनीहरु कहिलेकाहीँ असफल हुँदा पनि निरन्तर सोही काममा अघि बढिरहन्छन् । यद्यपि यस्तोमा उनीहरुको लागि यो कत्तिको सही हो भन्ने कुरामा पनि विशेष ध्यान दिनु जरुरी हुन्छ ।
आत्मनिर्भर बनाउने
बालबालिकालाई धेरै कुरामा आत्मनिर्भर बनाउनु पर्छ । यसबाट उनीहरुमा आत्मविश्वास बढ्छ भने आफैं केही कुरा सिक्ने अवसर पनि प्राप्त हुन्छ । उनीहरुलाई टेलिभिजनभन्दा पनि बाहिरको दुनियाँमा छाड्ने प्रयास गर्नुपर्छ । धेरै समय पढ्ने खेल्ने र अन्य सानातिना घरको काममा पनि लगाउनुपर्छ । यसबाट उनीहरुलाई आफ्नो जीवनको बारेमा केही कुरा सिक्ने मौका पनि प्राप्त हुन्छ ।