३० सेकेन्डमा १०२ शब्द्ध स्मरण गरेर वल्ड रेर्कड कायम गर्न सक्षम युवकबाट सिक्नै पर्ने कुरा


सुर्खेत : च्याम्पियन बुक अफ द वल्ड रेर्कडमा विश्वकै एक नम्बरमा नाम लेखाएका विजय शाहीले नेपालीका सबै बासिन्दाहरुलाई आफु जस्तै शिक्षित र क्षमातावान बनाउँने लक्ष्य राखेका छन ।

च्याम्पियन बुक अफ द वल्ड रेर्कडर शाहीले सन २०२० फेब्रअरी ३ मा आफ्नो नाम विश्वका सबै व्याक्तीलाई पछिपार्दै ३० सेकेन्डमा एक सय दुई शब्द्ध स्मरण गरेर च्याम्पियन सफल भएका थिए ।

उनलाई अहिले विश्वकै एक नम्बरमा स्मरण तेजको रुपमा चिन्निछन । मेमोरी किङ्ग विजय शाहीको घर कालिकोट जिल्लाको महाबैगाउँपालिका ५ मा पर्दछ । उनले १९ बर्षको उमेरमै च्यापम्यिनमा नाम राख्न सफल भएका हुन ।

अहिले उनलाई ५० भन्दा बढि संघसंस्था तथा विद्यालयहरुले सम्मान तथा स्वागत समेत गरिसकेका छन । भने आफुलाई विभिन्न देश तथा विदेश बाट अफर आए पनि पहिला कर्णालीका बासिन्धालाई त्यस पछि पुरै नेपालीलाई नै आफुमा भएको केहि ज्ञान प्रधान नगरे सम्म जस्तो सुकै अफर आए पनि बाहिर नजाने उनको सोच रहेको छ ।

उनले भने ‘साथै कर्णालीका युवाहरुलाई आफुले जति ‘३० सेकेन्डमा एक सय दुई शब्द्ध स्मरण’ गर्न नसके पनि पाँच मिनेट लगाएर एक सय दुई शब्द्ध स्मरण गर्न सक्ने क्षमता वृद्धि गर्ने छु, र लोकसेवा आयोग, शिक्षक सेवा आयोग तथा विभिन्न प्रतियोगितामा सफल बन्न सिकाउँने छु, साथै आफुले जानेको टिप्स बढिमा ९ घण्टामा सिकाएर जस्तो सुकै कमजोर विद्यार्थीलाई सक्षम बनाउँन सिकने छ ।’

उनले थपे ‘यो अभियान केही समय पछि कर्णाली प्रदेश बाट सुरुवात गरेर पुरै नेपालभरीका नागरिकलाई पाँच बर्षलागे पनि शिक्षित बनाउँने छु, अनि मात्र अन्य देशमा गएर २० बर्ष बसेर फेरी फर्कि नेपालमा नै समाजसेवाको रुपमा काम गर्ने सोच बनाएको छु ।’

यहाँ भन्दा पहिला च्याम्पियन बुक अफ द ओल्ड मा नाम भारतका सागर भुजीले एक मिनेटमा ५२ शब्द्ध स्मरण गरेर रेर्कड राखेका थिए । भने त्याहाँ भन्दा पहिला सन् २०१६ मा अर्पण शर्माले एक मिनेटमा ४२ शब्द्ध स्मरण गरेर गिनिज बुकमा नाम राख्न सफल भएका थिए भने हाल यि सबै व्याक्तीलाई पछि पार्दै विजय शाही विश्वको स्मरण शक्तीको एक नम्बरमा रहेका छन् ।

च्याम्पियन बुक अफ द वल्ड रेर्कडर शाही पहिला आफु पढाईमा धेरै कमजोरी भएको र पछि पढ्दै जादा एउँटा टिप्स जानेको र त्यसबाटनै हाल सफल हुदैँ गएको बताउँछन । उनि कक्षा १ देखि ६ सम्म वीरेन्द्रनगर सुर्खेतमा रहेको यज्ञ पिस होम एकाडेमीमा अध्ययन गरेका शाहीले पछि कालिकोटको आफ्नै गाउँमा रहेको कालिका माध्यमिक विद्यालय महाबै गाउँपालिका गेलामा ६ देखि १० सम्म अध्ययान गरेका थिए ।

११ र १२ कालिकोटकै अर्को विद्यालय कालिका माध्यामिक विद्यालय सिमकोट (पिली) बाट सर्वउत्कृष्ट नतिजा लिएर उर्तिण गरेका थिए । तर विजय शाहीले कक्षा १ बाट ११ सम्म कण्ठ पारेर राम्रो नतिजा ल्याएको र कक्षा ११ र १२ मा पढ्दा मात्र अध्ययन गर्ने नयाँ टिप्स जानेको र त्यसैकको आधारमा अहिले यो अवस्थामा आउँन सकेको बताउँछन । हाल उनि काठमाडौंमा एम.वि.वि.एस डाक्टरको तयारीमा जुटिरहेका छन् । साथै आफुले एउँटा किताब लेखेको र अबको केहि समय पछि प्रकाशन गर्ने पनि बताएका छन ।

३० सेकेन्डमा १०२ शब्द्ध स्मरण गरेर वल्ड रेर्कड कायम गर्न सक्षम युवकबाट सिक्नै पर्ने कुरा

YUGAAWHAN NATIONAL DAILY (2076-12-08)

Leave a comment

Your email address will not be published. Required fields are marked *