मुख्यमन्त्री शाही कर्णाली फर्किए, संसदीय दलको बैठक लगत्तै मन्त्रिपरिषद पूनर्गठन गर्ने

काठमाडौं, ५ कात्तिक । 

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले पार्टीको संसदीय दलको बैठक यही कार्तिक ७ गते बैठक डाकेका छन् । पार्टीको विवाद मिलाउनको लागि केन्द्रीय अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले नेकपाका कर्णाली प्रदेशका पदाधिकारीहरुलाई काठमाडौं बोलाएका थिए । सोहीअनुसार मुख्यमन्त्री शाहीसहित नेताहरु यमलाल कँडेल, गुलाबजंग शाह काठमाडौं गएका थिए ।

मुख्यमन्त्री शाहीविरुद्ध नेकपाकै सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । मुख्यमन्त्री शाहीलाई हटाउने गरि प्रधानमन्त्री ओली पक्षधर नेताहरुले मोर्चाबन्दी गरेर अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । तर, केन्द्रबाट अध्यक्ष दाहाल र वरिष्ठ नेता माधव कुमार नेपालको पहलमा कर्णालीमा दाहाल–नेपाल समूहका सांसदहरु एक भएका थिए । शाहीविरुद्ध अविश्वासको प्रस्तावबाट नेपाल समूहका सांसदहरु ब्याक भएका थिए ।

मुख्यमन्त्री शाही आज कर्णाली फर्कँदैछन् । उनले यही कार्तिक ७ गते संसदलीय दलको बैठक राखेका छन् । शाहीको पक्षमा २१ सांसद छन् । प्रदेश सरकार चलाउने आफ्नो अधिकारको कुरा भएकोले केन्द्रको हस्तक्षेप स्विकार्य नहुने शाहीको भनाई छ ।

मुख्यमन्त्री शाही कर्णाली फर्किए, संसदीय दलको बैठक लगत्तै मन्त्रिपरिषद पूनर्गठन गर्ने

बाचा गरेका आधा काम पूरा भइसके

मुख्यमन्त्री शाही कर्णाली फर्किए, संसदीय दलको बैठक लगत्तै मन्त्रिपरिषद पूनर्गठन गर्ने

राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा रानीपोखरी उद्घाटन

Leave a comment

Your email address will not be published. Required fields are marked *