गुँरासेमा बढे पर्यटक

दैलेख, ५ कात्तिक ।

जिल्लाको गुराँस गाउँपालिका–५ गुराँसे क्षेत्रमा भ्यु टावर निर्माण गरिएको छ । दृश्यावलोकनका लागि उपयुक्त स्थानको रूपमा रहेको गुराँसे क्षेत्र जिल्लाको अब्बल पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले भ्यु टावर निर्माण गरिएको हो ।

योसँगै यहाँ अवलोकन गर्न आउने पर्यटकको संख्या बढेको छ । ६१ लाख ९५ हजारको लागतमा भ्यु टावर निर्माण भएको हो । २०७५÷०७६ मा २७ लाख ७५ हजार ०७६÷०७७ मा ३४ लाख २० हजार बजेट भ्यु टावर निर्माणमा खर्च गरिएको छ । त्यसमध्ये स्थानीयले ५ लाख ७० हजार बराबर जनश्रमदान गरेका छन् । कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गत डिभिजन वन कार्यालयको अनुदान तथा गुराँस गाउँपालिकाको समन्वयमा सरस्वती सामुदायिक वनमा भ्यु टावर निर्माण गरिएको हो ।

हाल भ्यु टावर निर्माण, घेरबार, गुराँसको रूख निर्माण तथा पत्थर बिछ्याउने कार्य सकिएको छ। एक मौसममा मात्रै फुल्ने गुराँसलाई बाह्रैमहिनासम्म झल्काउने गरी गुराँसको रूख नै बनाइएको डिभिजन वन कार्यालय दैलेखका डिभिजनल वन अधिकृत मुनबहादुर रावतले बताए। गुराँसको बिरुवामा बाघ, डाँफे, गिद्ध, चरा, सर्पलगायत आकृतिसमेत निर्माण गरिएको छ । भ्यु टावरको केही काम बाँकी नै छ ।

गुँरासेमा बढे पर्यटक

विकास निर्माण

गुँरासेमा बढे पर्यटक

बाचा गरेका आधा काम पूरा भइसके

Leave a comment

Your email address will not be published. Required fields are marked *