२०८२ बैशाख १८ गते
×

Now Playing

पेट्रोलियम अन्वेषण तीन लाइनमा सकियो सेस्मिक सर्भे

दैलेख : पेट्रोलियम भण्डारणको क्षमता पत्ता लगाउने ‘सेस्मिक सर्भे’को काम भइरहेको छ ।

यहाँ पेट्रोलियम पदार्थ छ भन्ने कुरा पक्का भइसकेपछि कति परिमाणमा पेट्रोलियम पदार्थ छ, कुन स्थानमा कति भण्डारण छ भनेर पत्ता लगाउने निकै महत्वपूर्ण मानिएको ‘सेस्मिक सर्भे’को केही काम सकिएपनि बाँकी काम भइरहेको हो ।

दैलेखका पूर्व पश्चिम उत्तर दक्षिणका विभिन्न भू–भागहरुमा जमीनको ४५ फिटमुनिसम्म सानो मेशिनमार्फत ड्रिलिङ गर्ने कार्य सम्पन्न भएपछि हरेक होलमा विस्फोटक पदार्थ राखेर जमीनमुनि आन्तरिक तरङ्ग पठाउने काम सुरु भइरहेको छ । अहिले १० वटा सेस्मिक लाइनमा जम्मा २ सय किमी क्षेत्र समेटेर लाइन सर्भे गर्ने काम सुरु भएको जनाइएको छ ।

एउटा लाइनमा ४ सय वर्ग्किमी भूभाग समेटेर सर्भेको काम भइरहेको खानी तथा भूगर्भ विभागका अन्वेषण अधिकृत डा गणेशनाथ त्रिपाठीले जानकारी दिए । सोमबार मात्रै एउटा सेस्मिक सर्भेको काम सम्पन्न भएको हो । अन्वेषणका लागि तीनवटा पूर्व पश्चिम र सातवटा उत्तर दक्षिण दिशामा १० वटा सेस्मिक लाइन खनिएको छ ।

बाँकी रहेका सातवटा स्थानमा पनि काम धमाधम भइरहेको छ । माघ मसान्तसम्म सर्भेको काम सम्पन्न भएपछि जमीनभित्र पठाइएको तरङ्ग मापन गरेर यसको अध्ययनका लागि पुनः विशेषज्ञको टोलीले तीन महिनासम्म अध्ययन गरेपश्चात् मुख्य भण्डारण क्षेत्रको अन्वेषण कार्य सुरु हुने परियोजनाले जानकारी दिएको छ ।

बुटवल र दैलेख क्षेत्रमा तेल र ग्यास अन्वेषणको जिम्मा चीनलाई अन्वेषणका लागि जियोलोजिकल सर्भे, म्याग्नेट टेल्युरिक सर्भे, जिओकेमिकल स्याम्पलिङ जस्ता कामहरु सम्पन्न भएपश्चात् महत्वपूर्ण मानिएको ‘सेस्मिक सर्भे’को काम सुरु गरिएको हो ।

पेट्रोलियम अन्वेषण तीन लाइनमा सकियो सेस्मिक सर्भे

चौरजहारीमा नगर बस सञ्चालन

पेट्रोलियम अन्वेषण तीन लाइनमा सकियो सेस्मिक सर्भे

दैलेखमा हटाइँदै खरका छाना

Leave a comment

Your email address will not be published. Required fields are marked *