हुम्लामा स्वाव संकलन गर्न हेलिकप्टरकाे दाैडधुप

हुम्ला, ६ जेठ ।
हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाबाट ४१ जनाको स्वाव संकलन हेलिकप्टरबाट जुमला लगिएको छ । कोरोना संक्रमित ३८ घण्टापछि उद्दार गरी प्रदेश सरकारले प्रयोग गर्ने हेलिकोप्टर साविक कर्णाली अञ्चालका जिल्लालाई पहिलो प्राथमिकता दिएर उडाइएको छ । कोरोना परीक्षणका लागि संकलन गरिएको स्वाव ढुवानीमा हेलिकोप्टरको प्रयोग गरिएको हो ।

सांसद छक्क बहादुर लामा र कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलको पहलमा नाम्खा गाउँपालिकाबाट ४१ जनाको स्वाव संकलन गरी थप परीक्षणका लागी कर्णाली विज्ञान प्रतिष्ठान जुम्लामा हेलिकप्टरमार्फत पठाइएको छ ।  सांसद लामा र मन्त्री रावलको पहलमा मंगलबारनै हेलिकप्टर जिल्ला आइपुगेर स्वाव लिएर परीक्षणका लागी जुम्ला ल्याइएकोे छ । वडा पाँच यारीबाट ३३ जना र वडा चार याल्वाङ्गबाट ८ जना गरेर ४१ जनाको स्वाव संकलन गरेर जुम्ला पठाएको हो । मंगलबार संकलन गरिएका १४ जना महिला र २७ जना पुरुष रहेका छन् ।

सम्बन्धित क्वारेन्टाइनमा बसेकाहरुको आडिटी किटबाट परीक्षण गर्दा किटले राम्रो काम नगरेपछि मंगलबार प्रदेश सरकारले हेलिकप्टर पठाएर नाम्खा गाउँपालिकाबाट स्वाव संकलन गरी कर्णाली विज्ञान प्रतिष्ठान जुम्ला पठाए पालिका स्वास्थ्य संयोजक नर भण्डारीले बताउनुभयो । मंगलबार स्वाव संकलनका नाम्खामा लागि कर्णाली विज्ञान प्रतिष्ठानबाट टाक्टर मंगल रावल, रजिष्टार विश्वराज काफ्ले र सामाजिक विकास मन्त्रालयबाट लक्ष्मि नारायण तीवारीको टोली हुम्ला पुगेको थियो । हेलिकप्टरले सिधै नाम्खा गाउँपालिकाको याल्वाङ्गमा टेकअप गरी जुम्ला फिर्ता भएको हो ।

संकलन गरी जुम्ला पठाएका सबै नागरीक वैशाख १८ गते यता देखि जिल्ला बाहिर काठमाण्डौ, सुर्खेत र नेपालगञ्ज हुँदै हुम्ला आईपुगेका स्वास्थ्य संयोजक भण्डारीले बताउनुभयो । आजै पठाएको ४१ जनाको रिर्पोट विहिबार आउने भएको छ । त्यो भन्दा पहिला क्वारेइनटाइनमा वस्दै आएका ८९ जना घर फिर्ता भएको उनले बताउनुभयो । यस्तै जिल्लाको दक्षिण क्षेत्रमा रहेका चारवटा गाउँपालिका सर्केगाड, चंखेली, ताँजाकोट र अदानचुली गाउँपालिकाबाट एक एक सय स्वाव गरेर चार सय जनाको संकलन गरी परीक्षणका लागी हेलिकप्टरबाट जुम्ला लगिएको जिल्ला स्वास्थ्य कार्यालय हुम्लाले बताएको छ ।

हुम्लामा स्वाव संकलन गर्न हेलिकप्टरकाे दाैडधुप

कोरोना संक्रमित युवालाई ३८ घण्टापछि आइसुलेसनमा

हुम्लामा स्वाव संकलन गर्न हेलिकप्टरकाे दाैडधुप

दैलेखको आठबीस नगरपालिका सिल गर्ने तयारी

Leave a comment

Your email address will not be published. Required fields are marked *