२०८२ बैशाख १७ गते
×

Now Playing

स्ववियू चुनाव स्थगित

काठमाडौं : त्रिभुवन विश्वविद्यालयले फागुन १४ गते तोकेको क्याम्पसहरुको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अनिश्चितकालका लागि स्थगित गरेको छ ।

सोमबार बसेको त्रिवि कार्यकारी परिषदको बैठकले स्ववियू चुनाव अर्को सूचना नहुँदासम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो । त्रिविको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका कार्यकारी निर्देशक गंगाबहादुर थापाले स्ववियू चुनाव स्थगित भएको सूचना आएको बताए । ‘सबै विद्यार्थी संगठन एकमत हुन नसकेकाले स्ववियू चुनाव स्थगित भएको छ’ उनले भने ।

स्ववियू चुनाव स्थगित

YUGAAWHAN NATIONAL DAILY (2076-11-07)

Leave a comment

Your email address will not be published. Required fields are marked *