पिडितलाई राहत सामग्री हस्तान्तरण

दुर्गा विसी
सल्लीबजार, ३ असार ।
सल्यान पश्चिम बनगाड कुपिण्डे नगरपालिका वडा नं. १ नाम्रा निवासी गोपाल कामी केहि दिन घर जलेर नष्त भएको थियो । घर जलेपछि घरायसी अन्नपात, लत्ताकपडा सबै बन्दोवस्तीका सामान नष्ट भएका थिए ।

राहत स्वरुप नेपाल रेडक्रस जिल्ला शाखा सल्यानले बुधबार त्रिपाल, लत्ताकपडा, भाँडाकुडा, बाल्टिन लगायतका १० हजार बराबरको सामान पिडित गोपाल कामीलाई नेपाल रेडक्रस जिल्ला शाखा प्रतिनिधि तथा रेडक्रस कर्णाली प्रदेशका सदस्य गणेश विसी र उप–शाखा सल्लीबजारका अर्का प्रतिनिधि टेकबहादुर पुनले हस्तान्तरण गर्नुभएको छ । लत्ताकपडा र भाँडाकुँडा लगायतको सामाग्री आगलागि पिडित कामीलाई बुझाएको थियोे । दिउँसोको समयमा वालवालिकाले खेल्ने क्रममै घरमा आगो लगाएका थिए ।

पिडितलाई राहत सामग्री हस्तान्तरण

जाजरकोटमा जीप दुर्घटना, दुईको अवस्था गम्भीर

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!